गृहपृष्ठ हेर्नुहोस आज आइतबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
हेर्नुहोस आज आइतबार नेपालमा कुन उमेरका कति संक्रमित थपिए ?
काठमाडौं,२४ साउन । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का २ हजार ५४८ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ७७ जना र ११ देखि २० वर्षका १५८ जना रहेका छन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा सबैभन्दा धेरै २१ देखि ३० सम्मका ५०९ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक ५०२ जना रहेका छन् । ४१ देखि ५० वर्षका ३३७, ५१ देखि ६० वर्षका २४४ जना, ६१ देखि ७० का १७४ जना छन् ।
त्यस्तै, ७१ देखि ८० वर्षका ९५ जना, ८० देखि माथिका ३४ जना रहेका छन् । त्यस्तै ७ जनाको उमेर खुद्यन सकेको छैन । अहिले देशभर ८०२ जना आईसीयूमा र १८१ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





