गृहपृष्ठ रोटरी क्लब मणिग्रामको पदस्थापन कार्यक्रम सम्पन्न
रोटरी क्लब मणिग्रामको पदस्थापन कार्यक्रम सम्पन्न
मणिग्राम , २८ साउन । रोटरी क्लब अफ मणिग्रामको पाँचौ पदस्थापन कार्यक्रम तथा रोटा बर्ष २०२१/२२ का लागि निर्वाचित पदाधिकारीहरुको पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । क्लबका नव निर्वाचित अध्यक्ष केशवप्रसाद न्यौपानेको अध्यक्षता र रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का नोमिनी डिष्ट्रिक गभर्नर राजेन्द्र प्रसाद ध्वजुको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा अध्यक्ष न्यौपानेलाई प्रमुख अतिथिले सपथ खुवाएका थिए । सोहि अवसरमा क्लबका बर्ष २०२१÷२२ का निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष न्यौपानेले सपथ गराए ।
समारोहमा क्लबका नयाँ सदस्यहरु गोविन्द ज्ञवाली, भीमबहादुर आले र लक्ष्मी थापालाई क्बलका असिस्टेण्ट गभर्नर भगवती पाण्डेले परिचित गराउनुका साथै सपथ समेत गराएकी थिईन् ।
कार्यक्रममा बोल्दै रोटरी क्लबका नोमिनी डिष्ट्रिक गभर्नर ध्वजुले क्बलले रोटरीयनका बीचमा भन्दा गैर रोटरियनका बिचमा कार्यक्रम विस्तार गर्न जोड दिए । स्वार्थभन्दा माथि सेवा भन्ने मूल मन्त्रलाई सार्थक बनाउन दिगो परियोजना शुरु गर्न सुझाव दिदै उनले क्लबलाई नयाँ भनेर लक्षित बर्गमा जाने छुट नभएको उल्लेख गरे ।

रोटरी इन्टरनेशनलको गोललाई पुरा गर्न सबै क्लब र सदस्यहरुले ध्यान दिनुपर्ने बताउँदै प्रमुख अतिथि ध्वजुले यस क्षेत्रका क्लबहरुमध्ये राम्रो काम गरेर देखाउन सुझाव दिए । रोटरी असिस्टेण्ट गभर्नर भगवती पाण्डेले क्लबका बार्षिक क्यालेण्डर र गतिविधि हेर्दा राम्रै काम गरेको भन्दै अझ उत्कृष्ठ काम गर्न सुझाव दिईन् ।
क्लबका सल्लाहकार लक्ष्मण ज्ञवालीले कोभिडलाई बहाना देखाएर क्लबका गतिविधि रोक्न र सामाजिक काम नगर्न नहुनेमा जोड दिदै सदस्य संख्या दोब्बर गर्न र सक्रियता देखाउन आग्रह गरे । कार्यक्रममा अध्यक्ष न्यौपानेले बर्ष २०२१/२२ मा क्लबले लिएका लक्ष्यको बारेमा जानकारी दिदैं सकेसम्म राम्रो काम गरेर देखाउने र क्लबलाई तिलोत्तमा नगरपालिकाले उपलब्ध गराएको जमिनमा भवन बनाउन शुरुवात गर्ने जानकारी दिए ।

क्लबका बर्ष २०२०/२१ का अध्यक्ष कृष्णप्रसाद नेपालले कोभिड संक्रमित हुनु परेको र गत बर्ष तथा यस बर्ष समेत कोभिड महामारीले निषेधाज्ञा घोषणा भएकाले कतिपय लक्षित कार्यक्रम सम्पन्न गर्न नसकेको बताए । क्लबका चार्टर्ड प्रेसिडेण्ट राजुदेवी खनालले क्लबका सदस्यहरु मेजर डोनर बनेर अन्य क्लबमा सक्रिय भएका कारण सदस्य संख्या केहि कम देखिएको भएपनि आगामी बर्षसम्म बढाउने प्रतिबद्धता ब्यक्त गरिन् ।
समारोहमा बर्ष २०२०/२१ को कार्यकाल सफल बनाउन सहयोग पु¥याउने पदाधिकारी तथा सदस्यहरुलाई अध्यक्ष नेपालले सम्मान गरेका थिए । त्यसैगरि नेपाल स्वयंसेवी रक्तदाता समाज रुपन्देही शाखाका अध्यक्ष कृष्ण चौहान क्षेत्रीलाई सामाजिक क्षेत्रमा उत्कृष्ठ योगदान पु¥याए बापत सम्मान स्वरुप दोसल्ला ओढाई सम्मान गरिएको थियो । कार्यक्रममा क्बलका नवनिर्वाचित अध्यक्षको परिचय पूर्व अध्यक्ष अच्युत पन्तले गराएका थिए । क्लबका सचिव सागर पाठकको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तब्य क्लबका पूर्व अध्यक्ष कुलमणि ज्ञवालीले गरेका थिए ।

रोटरी क्लबका बर्ष २०२१/२२ का लागि अध्यक्ष केशव प्रसाद न्यौपानेको नेतृत्वमा इलेक्ट प्रेसिडेण्ट दुर्गाप्रसाद अर्याल, प्रेसिडेण्ट नोमिनी निर्मल बस्याल, भाईस प्रेसिडेण्ट फस्ट राजेन्द्र आचार्य र भाईस प्रेसिडेण्ट सेकेण्ड अरुण पाण्डे रहेका छन् । त्यसैगरी सचिव सागर पाठक, सहसचिव अर्जुन पौडेल, कोषाध्यक्ष तुल्सी पौडेल, सह कोषाध्यक्ष मिनप्रसाद भण्डारी तथा सर्जेन्ट एट आम्र्स कृष्णप्रसाद भण्डारी र सर्जेण्ट एट आम्स सेकेण्ड कृष्णबहादुर खड्का क्षेत्री रहेका छन् । त्यसैगरी क्लबको इडिटरमा अच्युत पन्त, क्लब एडमिनिष्टर चेयर राजकुमार सुवेदी, मेम्बरसीप चेयर कृष्णप्रसाद बस्याल, पब्लिक रिलेसनसीप चेयर कुलमणि ज्ञवाली, सर्भिस प्रोजेक्ट चेयर नवीन अर्याल र टिआरएफ चेयर अनन्तराज पन्त रहेका छन् ।





