२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ फेरि बढ्यो नेपालमा कोरोना संक्रमण, मृत्युदर उस्तै

फेरि बढ्यो नेपालमा कोरोना संक्रमण, मृत्युदर उस्तै

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ९१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ११ हजार ७०८ जनाको पीसीआर र ६ हजार ८७४ जनाको एन्टिजेन गरी १८ हजार ५८२ नमुना परीक्षण गर्दा करिब ४ हजार जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ८ लाख २ हजार ५ सय ६६ पुगेको छ । यस्तै थप २ हजार १ सय १८ जना निको भएसँगै अहिलेसम्म संक्रमणमुक्त हुनेको संख्या ६ लाख ७९ हजार ४ सय ९५ जना पुगेको छ ।

यस्तै यही अवधिमा थप २७ जनाको ज्यान गएको छ । नेपालमा अहिलेसम्म कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १० हजार २ सय ३९ जना पुगेको छ । अहिले नेपालमा ३८ हजार ७ सय ९८ जना संक्रमित रहेकोमा ७ सय ३६ जनाको आईसीयू र १ सय ८६ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार