गृहपृष्ठ आर्थिक सम्मृद्धिका लागि उत्पादन बढाउन प्रदेश प्रमुख शेरचनको आग्रह
आर्थिक सम्मृद्धिका लागि उत्पादन बढाउन प्रदेश प्रमुख शेरचनको आग्रह
बुटवल, साउन २९ । लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले देशको आर्थिकसमृद्धिका लागि उत्पादनमुलक उद्योग र व्यापारको विकास गर्दै स्वदेशी उत्पादनबढाउनुपर्ने बताउनुभएको छ । उहाँले नेपालमा रहेको अपार प्राकृतिकसम्पदाको सहिरुपमा उपयोग गर्न नसकिएको उल्लेख गर्दैै कृषि र पर्यटनक्षेत्रलाई समृद्धिको जग बनाउन आग्रह गर्नुभयो ।
लुम्विनी चेम्बर अफ कर्मशको प्रथम साधारणसभा तथा अधिवेशनको शुक्रवारबुटवलमा उद्घाटन गर्दै प्रदेश प्रमुख शेरचनले निर्यातमुखी अर्थतन्त्रमा सुधारगर्दै राष्ट्रिय अर्थतन्त्रको विकासमा लाग्न उद्योगी व्यवसायीहरुलाई आग्रहगर्नुभयो । उहाँले भन्नुभयो–वजारको विविधिकरण गर्दै आयातलाई प्रतिस्थापनगर्ने खालका उद्योगहरु खोल्नु आजको आवश्यक्ता हो ।शेरचनले अहिलेको निति र कार्यक्रमबाट देशमा समृद्धि आउन सक्ने अवस्था देखिदैनभन्दै २००७ सालबाट राष्ट्रिय सम्पत्तिको संरक्षण उपयोग गर्ने सोंचको विकास नैहुन नसकेको गुनासो गर्नुभयो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल चेम्बर अफ कर्मसका केन्द्रीय अध्यक्षराजेन्द्र मल्लले कोभिडको विषम परिस्थितीमा अर्थतन्त्रलाई चलायमान बनाउनसरकारले छुट्टै नीति बनाउनु पर्ने बताउदै लगानी मैत्री वातावरण तयार गर्न आग्रहगर्नुभयो । उहाँले राज्यले आर्थिक समृद्धिका लागि कृषि, पर्यटन र उद्योगलाईसंगसगै लैजाने अवस्था सिर्जना गर्दै आयात प्रतिस्थापनको लागि नीजिकोभूमिकालाई बढाउन सुझाव दिनुभयो ।लुम्विनी चेम्बर अफ कमर्सका अध्यक्ष टंकप्रसाद पोखरेलले महामारीलेआक्रान्त भएका बेला नीजि क्षेत्रले पुर्याएको योगदान नबिर्सिन सरकारलाईआग्रह गर्नुभयो ।
उहांले उद्योगी ब्यवसायीलाई कोभीड खोप उपलब्धगराउने कुरामा राज्यले कञ्जुस्याईं गरिरहेको गुनासो गर्दै नीजि क्षेत्रले गरेकोयोगदानको कदर गर्न आग्रह गर्नुभयो । रुपन्देही व्यापार संघका अध्यक्षयमलाल लाोहनीको स्वागत तथा जेपी कंडेलको सञ्चालनमा भएको कार्यक्रममाआर्थिक मामिला मन्त्रालयका सचिव बाबुराम अधिकारी, उद्योग मन्त्रालयका डा.राजेन्द्र केसी, पत्रकार सुमन अधिकारी लगायतले बोल्नुभएको थियो ।अधिवशेनले टंक प्रसाद पोखरेलको अध्यक्षतामा चयन भएको प्रदेश समितिको नयाँनेतृत्वलाई अनुमोदन गरेको छ ।
अधिवेशन लगत्तै बसेको प्रदेश समिति बैठकलेउपाध्यक्ष श्रीधर महरा(दाब), महासचिव जेपी कंडेल(रुपन्देही), कोपाध्यक्षयुवराज न्यौपाने(गुल्मी) र सचिव चिरञ्जीवी पोखरेल(पाल्पा) लाई पदाधिकारीचयन गरेको छ । त्यस्तै बैठकले मन्जु पराजुली र शिब ज्ञवालीलाई कार्यसमितिसदस्यमा मनोनयन गरेको छ । समितिले आर्थिक सल्लाहकारमा डा.इश्वरगौतम,कानुनी सल्लाहकारमा अधिबक्ता विनोद गौतम र प्रेस सल्लाहकारमा पत्रकार प्रदीप आचार्यलाई मनोनयन गरेको महासचिव जे.पी.कंडेलले बताउनुभयो ।
कमर्सका प्रदेश सस्यहरुमा जिल्ला चेम्बर अफ कमर्स क्षेत्रबाट उदयराज लम्साल(बर्दिया चेम्बर अफ कमर्स), यमकुमारी सुवेदी (नवलपरासी चेम्बर अफ कमर्स) मदन खड्का (प्यूठान चेम्बर अफ कमर्स), उपमहानगर चेम्बर अफ कमर्सबाटपदम पोखेरल (तुल्सीपुर उपमहानगर चेम्बर अफ कमर्स), नगर चेम्बर अफ कमर्सक्षेत्रबाट जयप्रकास गुप्ता (कृष्णनगर चेम्बर अफ कमर्स), सुकदेव बेल्वासे (भूमिकास्थान चेम्बर अफ कमर्स), खिमबहादुर खत्री(प्रस्तावित सिद्धार्थनगर चेम्बर अफकमर्स) र गाउपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट उमानाथ घिमिरे(रैनादेवीछहरागाउपालिका अफ कमर्स) निर्वाचित हुनु भएको छ ।
निर्वाचनबाट १४ सदस्यीय प्रदेश समिति गठनका लागि जिल्ला चेम्बर अफ कमर्सक्षेत्रबाट ६ जना, उपमहानगर चेम्बर अफ कमर्सबाट १ जना, नगर चेम्बर अफ कमर्सक्षेत्रबाट ४ जना, गाउँपालिका चेम्बर अफ कमर्स क्षेत्रबाट २ जना र वडा चेम्बरअफ कमर्स क्षेत्रबाट १ जना चयन हुने र सोहीबाट पदाधिकारी चयन गर्ने प्रावधानरहेको छ ।वि.स. २००७ सालमा स्थापित नेपाल चेम्बर अफ कमर्स उद्योग वाणिज्य क्षेत्रकोपहिलो संगठित संस्था हो । मुलुकभरका संगठन विस्तार गर्ने लक्ष्यसहित चेम्बरकोविधानमा संशोधन गरि मिति २०७४ पौष ९ गते नेपाल सरकार मन्त्रिपरिषदबाटस्वीकृति प्राप्त भएको थियो ।





