२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ रोटरी क्लब र रोट्रयाक क्लब अफ मणिग्रामको संयुक्त मास्क वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

रोटरी क्लब र रोट्रयाक क्लब अफ मणिग्रामको संयुक्त मास्क वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न

मणिग्राम, ७ भदौ । रोटरी क्लब अफ मणिग्राम र रोट्रयाक क्लब अफ मणिग्रामको संयुक्त रुपमा आयोजनामा मास्क वितरण तथा ट्राफिक सचेतना कार्यक्रम सम्पन्न भएको छ । रुपन्देहीको मणिग्राम चोकमा सम्पन्न उक्त कार्यक्रममा रोटरी क्लब अफ मणिग्रामका अध्यक्ष केशवप्रसाद न्यौपाने र रोट्र्याक क्लब अफ मणिग्रामका अध्यक्ष निराजन अर्यालले अहिले केही मानिसहरुले कोरोना विरुद्धको खोप लगाइ सके पनि हेलचेक्क्रईले गर्दा दिनानु दिन कोरोना बढ्दै गएको बताएका थिए ।

ट्राफिक प्रहरी चौकी मंगलापुरका प्रहरी सहायक निरिक्षक रमेश पोखरेलले लकडाउन खुकुलो भएयता मानिसहरुको सामान्य स्वास्थ्य मापदण्ड पनि पालना नगर्दा कोरोना बढ्दै गएको र तेस्रो लहरलाई समेत हेक्का राख्दै रोटरी क्लब जस्ता सामाजिक संस्थाहरुले जनमानसलाई जनचेतना जगाउन गरेको प्रयास प्रशंसनीय भएको बताए । उनले आगामी दिनमा समेत यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु हुन तथा यस्ता कार्यक्रममा ट्राफिक प्रहरीबाट सक्दो सहयोग हुने समेत प्रतिवद्धता जनाए ।

रोटरी क्लब अफ मणिग्रामका सचिव सागर पाठकको संचालन, रोटरीयन निर्मल बस्याल र रोट्रयाक्टर मोति यादव संयोजकत्वमा सम्पन्न उक्त कार्यक्रम कार्यालय समय बिहान ८ बजेदेखि १०ः३० सम्म गरिएको थियो । उक्त कार्यक्रममा करिब १ हजार मास्क वितरण गर्नुका साथै सवारी चालकहरुलाई ट्राफिक नियम र सर्वसाधारणहरुलाई जेब्रा क्रसिङ्गको बारेमा जानकारी समेत दिइएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार