गृहपृष्ठ हेर्नुहोस पछिल्लो २४ घण्टामा नेपालको कुन जिल्लामा कति संक्रमित थपिए ?
हेर्नुहोस पछिल्लो २४ घण्टामा नेपालको कुन जिल्लामा कति संक्रमित थपिए ?
काठमाडौँ,८ भाद्र । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५१८, झापामा १९६, कास्कीमा १६३, मोरङमा १५०, ललितपुरमा ११९ र काभ्रेपलाञ्चोकमा १०१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै सुनसरीमा ९६, बागलुङमा ७४, भक्तपुरमा ५२, रुपन्देहीमा ४९, मकवानपुरमा ३९, कैलालीमा ३७, सिन्धुपाल्चोकमा ३३, तनहुँमा ३१ जनामा कोरोना संक्रमण देखिएको छ ।
नुवाकोट र पर्वतमा २८/२८ जना, चितवन र गोरखामा २१/२१ जना, नवलपरासीमा २०, बाँकेमा १९, स्याङजा र दाङमा १८/१८ जना, धनकुटामा १५, इलाममा १३, रामेछाप र बर्दियामा १२/१२ जना र लमजुङमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।





