२०८३ असार १० गते बुधवार | June 24, 2026

गृहपृष्ठ दाउन्नेमा पहिरो, यातायात सेवा अवरुद्ध

दाउन्नेमा पहिरो, यातायात सेवा अवरुद्ध

पूर्वपश्चिम राजमार्ग अन्तर्गत पश्चिम नवलपरासीको दाउन्नेमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको छ ।

दाउन्नेको खुर्सानी खोला नजिक शुक्रबार बिहान करिब २ बजेतिर पहिरो गएकाले यातायात सेवा ठप्प भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरीका अनुसार पहिरो पन्छाउने क्रम जारी छ । तर वर्षा भइरहेको र पहिरो झर्ने क्रम जारी रहेकाले पहिरो हटाउन सकिएको छैन । नवलपरासी क्षेत्रमा बिहीबार रातिदेखि नै पानी परिरहेको छ ।

पूर्वबाट आइरहेका गाडीहरुलाई दुम्कीवासमा र पश्चिमतर्फबाट आइरहेका गाडीहरुलाई बर्दघाटमा रोकिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार