२०८३ असार २१ गते आइतवार | July 05, 2026

गृहपृष्ठ काभ्रेको बनेपा डुबान

काभ्रेको बनेपा डुबान

काठमाडौं । काभ्रेको बनेपास्थित पुल बजार क्षेत्र डुबानमा परेको छ । गएरातिको वर्षा र बाढीले सोमबार बिहान पुल बजार क्षेत्र डुबानमा परेको हो । वरपरका घर-पसल जलमग्न भएका छन् । पैदलयात्रु र सवारी साधनसमेत पार गर्न समस्या छ ।

पुण्यमाता खोलाको बाढीले राति तीन बजेदेखि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका डिएसपी हरि खतिवडाले जानकारी दिए । इलाका प्रहरी कार्यालय बनेपाको परिसर क्षेत्रसम्मै बाढी पुगेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार