२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ कांग्रेस नेताद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

कांग्रेस नेताद्वारा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री हस्तान्तरण

अर्घाखाँची । नेपाल चिकित्सक संघका पुर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता डा. मुक्ति श्रेष्ठ र नेपाली कांग्रेसका महासमिति सदस्य डा. जयबहादुर टण्डनको टोलीले अर्घाखाँची जिल्लाको अर्घा एवं खिल्जी स्वास्थ्य चौकीलाई विभिन्न स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।

अर्घाखाँची जिल्लाको अर्घा स्वास्थ्य चौकीमा पुगेर कन्सन्स्टेटर मेसिन १ थान, माक्स, पन्जा लगायत विभिन्न किसिमका स्वास्थ्य सामग्रीहरु प्रदान गरिएको छ। त्यसैगरी खिल्जी स्वास्थ्य चौकीलाई पनि १ थान कन्सन्टेटर मेसिन लगायत विविध स्वास्थ्य सामग्री प्रदान गरिएको छ ।

कोरोना महामारी लगायत असहज अवस्थामा स्वास्थ्य सामग्रीको अभाव हुन नदिने विशेषगरी अक्सिजनको अभावमा कसैले ज्यान गुमाउनु नपरोस् भन्ने उद्देश्यले आफुहरुले सहयोग गरेको डा। श्रेष्ठले बताएका छन् । आफुहरुले गरेको यो कार्य कुनै राजनैतिक तथा व्यक्तिगत स्वार्थबाट प्रेरित भएर नभइ नितान्त पवित्र उद्देश्यले भएको समेत बताएका छन् ।

यसभन्दा अघि पनि यी सहयोगी मनहरुले जिल्लाका विभिन्न स्वास्थ्य चौकीहरुमा यस प्रकारका अत्यावश्यक स्वास्थ्य सामग्रीहरु वितरण गर्दै आइरहेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार