२०८३ असार १९ गते शुक्रवार | July 03, 2026

गृहपृष्ठ आँखा अस्पतालको भवनमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

आँखा अस्पतालको भवनमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि

काठमाडौं । काठमाडौंको सेतो पुलमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ । सेतो पुलस्थित मातृका आँखा अस्पतालको भवनभित्र शंकास्पद वस्तु फेला परेको थियो ।

अस्पतालको तेस्रो तलाको एक शौचालयमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए । शौचालयमा बम भेटिएको हल्ला चलेपछि केही समय उक्त क्षेत्रलाई प्रहरीले सुरक्षा दिएको थियो  ।

प्रहरीको विशेष टोली र नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको थियो । डिस्पोज गर्दा बम नभएको पाइएको एसएसपी सिंहले जानकारी दिए । ‘एउटा थोत्रो मोवाइलमा तार जोडेर टाइमरजस्तो देखाइएको रहेछ’ एसएसपी सिंहले भने, ‘त्यो नक्कली बम डिस्पोज भैसकेको छ ।’

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार