गृहपृष्ठ करिब ७,१६,६५० बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
करिब ७,१६,६५० बराबरको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा
रुपन्देही । रुपन्देही प्रहरीले ७,१६,६५० (सात लाख सोह्र हजार छ सय पचास) बराबरको अबैध सामान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय सुर्यपुरा रुपन्देही मातहत प्रहरी चौकी पोहवा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले रुपन्देहीको गैडहवा गाउँपालिका वडा नं.४ मंगल चोक स्थित भारतबाट अबैध रुपमा भन्सार छली नेपाल तर्फ ल्याउदै गरेको ३५ के.जि. जिरा र पास्ता (माइक्रोनि) २ बोरा गरि रु.२०,०००।- बराबरको अबैध सामान नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देही मातहत प्रहरी चौकी शुक्रौलि आमा रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका २ लम्तिहवाघाट स्थित भारतबाट अबैध रुपमा नेपाल ल्याउदै गरेको फिक्स र फितावाला सानो ठुलो चप्पल-५० जोर गरी रु. १०,०००।- र प्रहरी चौकी कालिदह रुपन्देहीबाट खटिएको प्रहरी टोलीले १० पिस कुर्ती, ४ सेट कुक्कर र ४ पिस स्टीललोटा गरी रु. १५,०००।- बराबरको बराबरको अबैध सामान प्रहरीले बरामद गरेको छ ।
त्यस्तै, जिल्ला प्रहरी कार्यालय रुपन्देहीको मातहतमा रहेको ईलाका प्रहरी कार्यालय मर्चवारी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा न.०१ सुमेरुगढ स्थित नेपालबाट अबैध रुपमा भारत तर्फ लैजादै गरेको १२ बोरा भटमास र जिल्ला रुपन्देही मर्चवारी गाउँपालिका वडा न.६ दुईमुहानघाट स्थितबाट उ.प्र. ५३ बी ३५४३ नं.को होन्डा साइन कालो मोटसाइकल र UP 53 BL 6018 नं.को कालो हिरो स्पलेंडर प्रो मोटरसाइकल गरी २ वटा मोटरसाइकलमा भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको बिभिन्न किटनाशक औषधीहरु, चिनि, मोटरसाईकलको सिट कभर, कुर्था (सुट) गरि मोटरसाईकल सहित कुल जम्मा रु.२,५७,२५०।-बराबरको अबैध सामान बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय धकधई रुपन्देही र प्रहरी चौकी पिप्रहवा रुपन्देहीबाट खटिएको संयूक्त प्रहरी टोलीले जिल्ला रुपन्देही रोहिणी गाउँपालिका वडा नं. ६ विष्णुपुरुवा स्थित भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको १५ पेटी (सिटीस्क्यान पेपर),रु. ३,९८,४००।- र प्रहरी चौकी मैनिहवा रुपन्देहीवाट खटिएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ अबैध रुपमा ल्याउदै गरेको रु.१६,०००।- बराबर सुटको कपडा गरी जम्मा रु.४,१४,४००।- बराबरको अबैध सामानहरु नियन्त्रणमा लिन रुपन्देही प्रहरी सफल भएको हो ।
बरामद गरिएको समान नियन्त्रणमा लिइ बेलहिया रुपन्देही भन्सार कार्यालयमा बुझाईएको रुपन्देही जिल्ला प्रहरी कार्यालय प्रबक्ता प्र.ना.उ.(डीएसपी) सत्यनारायण थापाले जानकारी दिनुभयो ।





