गृहपृष्ठ नेपालले लियो तेस्रो विकेट
नेपालले लियो तेस्रो विकेट
आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपालले पहिलो खेलमा अहिले अमेरिकासँग प्रतिस्पर्धा गरिरहेको छ ।
ओमानको अल अमिरात क्रिकेट मैदानमा अमेरिकाविरुद्ध नेपालले बलिङ गरिरहेको छ ।
अमेरिकाविरुद्ध नेपाललाई तेस्रो विकेटको सफलता मिलेको छ ।
बिक्रम सोबले नेपाललाई पहिलो सफलता दिलाएका हुन् ।
उनले अमेरिकाका ओपनर स्टेभेन टेलरलाई १४ रनमा क्याच आउट गरे ।
साथै सन्दीप लामिछानेले नेपाललाई दोस्रो सफलता दिलाएका हुन् ।
सन्दीपले अमेरिकाका सुशान्त मोदानीलाई १६ रनमा आउट गरे ।
उनि कुशल मल्लले नेपाललाई तेस्रो सफलता दिलाएका हुन् ।
उनले अमेरिकाका निसर्ग पटेललाई २१ रनमा आउट गरे ।
अमेरिकाले २२ ओभरको खेल जारी रहदा ३ विकेट गुमाएर ९६ रन जोडेको छ ।





