२०८३ कात्तिक २८ गते शुक्रवार | November 13, 2026

गृहपृष्ठ नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?

नेपालमा आज बिहिबार कुन उमेरका कति संक्रमित थपिए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोभिड-१९ का १ हजार ५११ जना संक्रमित थपिएका छन् । जसमध्ये १० वर्षसम्मका बालबालिका ४१ जना र ११ देखि २० वर्षका ७९ जना रहेका छन् ।

त्यस्तै, २१ देखि ३० सम्मका २८३ जना रहेका छन् । ३१ देखि ४० वर्षका नागरिक पनि २५९ जना रहेका छन् । ४१ देखि ५० वर्षका २०४, ५१ देखि ६० वर्षका १३३ जना, ६१ देखि ७० का ९९ जना छन् ।

त्यस्तै, ७१ देखि ८० वर्षका ४७ जना, ८० देखि माथिका १७ जना रहेका छन् । ३ जनाको उमेर भने खुल्न सकेको छैन । अहिले देशभर ४०७ जना आईसीयूमा र १२८ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार