गृहपृष्ठ कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु
कर्णाली प्रदेश दिगो विकास लक्ष्य सप्ताह शुरु
सुर्खेत,१,असोज । कर्णाली प्रदेश दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ शुरु भएको छ । कर्णाली प्रदेश योजना आयोग र सयुक्त राष्टसंघ नेपालको सयुक्त आयोजनामा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा आज वाट दिगो विकास लक्ष्य सप्ताह कार्यक्रम शुरु भएको छ ।
दिगो विकास लक्ष्य कार्यान्वयन गरी यहाँको विकास र समृद्धिमा सहयोग पुर्याउने उद्देश्यले सप्ताह ब्यापी कार्यक्रम आयोजना गरिएको कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष डा।सर्बराज खड्काले जानकारी दिनुभयो ।
उपाध्यक्ष खड्का अनुसार सप्ताहको पहिलो दिन आज सर्वब्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य तथा युएनडिपीको भुमिकाको वारेमा युएनडिपीका कर्णाली प्रदेशका प्रमुख रफिक सिद्धिकीले तथा कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्यांक तथा भावी रणनीतिको वारेमा कर्णाली प्रदेश योजना आयोगका सदस्य डा दीपेन्द्र रोकायाले प्रस्तुतीकरण गर्नु भएको छ ।
समृद्ध कर्णालीको आधार , स्वस्थ हरित न्यायपुर्ण पुनर्उत्थानका लागी दिगो विकास भन्ने मुल नाराका साथ शुरु भएको सप्ताहमा कर्णाली प्रदेशको सर्व ब्यापी दिगो विकास लक्ष्यको दर्शन र औचित्य माथी बहस संचालन गरिने छ । कर्णाली प्रदेशको समग्र विकासको लागी विभिन्न सरोकारवालाहरुसंगको गहन छलफल , बहस , दिगो विकास लक्ष्यको कार्यान्वयनमा प्रभावकारी भुमिका लगाएतका विषयमा समेत छलफल हुने आयोगले जनाएको छ ।
सप्ताह कार्यक्रममा कर्णालीमा दिगो विकास लक्ष्यकोे कार्यान्वयन स्थितिमा उच्च स्तरीय नीतिको चर्चा, कोभिड १९ को घरेलु खाद्य सुरक्षा र जीविका पार्जनमा परेको असरको छलफल, दिगो विकास लक्ष्य र उपलब्धि, नीति, मुद्दाहरु, निहितार्थ, प्राथमिकताहरु, बजेट विनियोजन र कर्णाली प्रदेशमा स्वास्थ्य र पोषणमा आगामी कार्यदिशा वारेमा छलफल, प्रदेशको विकास योजनामा प्रभावकारी नीति निर्माण र विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनलाई मुख्यधारामा ल्याउने सम्बन्धमा प्रादेशिक परामर्श,दिगो विकास लक्ष्य अन्तरगत बालश्रम अन्त्य गर्ने गुरुयोजना विमोचन गर्ने ,रेडियो र टेलीभिजन अन्तरक्रिया/प्यानल छलफल गर्ने लगाएतका कार्यसुची रहेको छ ।
समुदघाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका मन्त्रीहरु, प्रदेश सभाका सदस्यहरु, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव तथा सचिवहरु,कर्णाली प्रदेश जिल्ला समन्वय समिति महासंघ, प्रदेश नगरपालिका तथा गाँउपालिका महासंघका प्रमुखहरु तथा युएन एजेन्सी, कर्णाली प्रदेश गैरसरकारी संस्था महासंघ नेपालका प्रतिनिधिहरु तथा नीजि क्षेत्रका प्रतिनिधिहरुको सहभागिता रहेको योजना आयोगले जनाएको छ ।
जनताको आर्थिक समृद्धी भए मात्र प्रदेशको विकास सम्भव : मुख्यमन्त्री शाही
कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रवहादुर शाहीले जनताको आर्थिक समृद्धी भए मात्र कर्णालीको समग्र विकास हुने बताउनुभएको छ । कर्णाली प्रदेश योजना आयोगको आयोजनामा तथा सयुक्त राष्टसंघ नेपालको प्राविधिक सहयोगमा कर्णाली प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा शुरु भएको दिगो विकास लक्ष्य कार्यक्रमको सप्ताह २०७८ को समुदघाटन गर्दै मुख्यमन्त्री शाहीले जनताको आर्थिक समृद्धी भए मात्र कर्णालीको समग्र विकास हुने बताउनु भएको हो ।
कर्णालीबासी लाई आर्थिक रुपमा सम्पन्न बनाइ आत्म निर्भर बनाउन विभिन्न लक्षित बर्ग विशेष कार्यक्रम, सडक,सिचाइ, स्वास्थ्य, शिक्षा लगाएतका महत्वपुर्ण क्षेत्रमा जोड दिएको वताउनु भयो । जनताको आर्थीक उत्पादन वृद्धी गर्न प्रदेश सरकारले जनमुखी कार्यक्रम संचालन गरिएको दावी गर्नुभयो । मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशको समग्र विकासको लागी कर्णाली प्रदेश सरकारले दिगो विकास लक्ष्यलाई प्रथामिकता दिएको जानकारी दिनुभयो । प्रदेशको विकासमा योगदान पु आम नागरिकहरुले उत्पादन र श्रममा विश्वास गरेर अगाडी बढ्नुपर्ने धारणा ब्यक्त गर्नुभयो । जनताको आर्थिक समृद्धी नभए प्रदेशको समग्र विकास नहुने भन्दै शाहीले उत्पादन र श्रममा विश्वास गर्ने जनशक्तिको विकास गर्नुपर्नेमा जोड दिनुभयो । मुख्यमन्त्री शाहीले नेपालको राजनितिक स्कुलिङ्ग सहि नभएको कारण युवाहरु गलत बाटोमा लाग्ने गरेको भन्दै अबको राजनितिक स्कुलिङ्गमा युवा तथा आम नागरिकहरुलाई उत्पादन र श्रममा जोड्नुपर्ने कुरामा केन्द्रित हुनुपर्ने बताउनुभयो ।





