२०८३ असार १६ गते मंगलवार | June 30, 2026

गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर भने घट्यो

पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, मृत्युदर भने घट्यो

काठमाडौं,४,असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १३ हजार ८१७ जनाको परीक्षणमा ७३४ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार १० हजार ७८६ जनाको पिअिसार परीक्षण गर्दा ९७५ र ३ हजार ३१ जनाको एन्टीजेन परीक्षण गर्दा १२० जनामा संक्रमण पुष्टि भएको हो । आज देशभर २ हजार ९५७ जना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा ८ जना संक्रमितको मृत्यु भएको छ । तीमध्ये २० हजार ८९१ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा १ हजार ४३२ संक्रमित छन् भने ३७१ जना आइसियुमा र १०८ जनाको भेन्टिलेटरमा राखि उपचार भईरहेको छ ।

देशभर २६४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल देशभर २२ हजार ३२३ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार