गृहपृष्ठ जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्वारा बेबारिसे दैनिक उपभोग्य सामान बरामद
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुद्वारा बेबारिसे दैनिक उपभोग्य सामान बरामद
बुटवल । जिल्ला प्रहरी कार्यालय कपिलबस्तु तथा मातहत समेतबाट खटिएको प्रहरी चेकिङ टोलीले कपिलबस्तु नगरपालिका वडा नं. २ कुदान तौलिहवा मर्यादुर सडकको छेउ किनारबाट करिब एक लाख बत्तिस हजार नौ सय पचास बराबरको बेबारिसे दैनिक उपभोग्य घरायसी सामानहरु बरामद गरेको छ ।
उक्त बरामद गरिएको सामान आवश्यक थप कारवाहीको लागि सुठौली भन्सार कार्यालय कपिलवस्तु पठाईएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।





