२०८३ असार १५ गते सोमवार | June 29, 2026

गृहपृष्ठ पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, ६ जनाले गुमाए ज्यान

पछिल्लो २४ घन्टामा नेपालमा फेरि बढ्यो कोरोना संक्रमण, ६ जनाले गुमाए ज्यान

काठमाडौं,६,असोज । पछिल्लो २४ घण्टामा देशभर १ हजार ४ सय ७८ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार ९ सय ३० जनाको परीक्षण गर्दा पिसिआर विधिबाट १ हजार २ सय ५१ जना र एन्टीजेन विधिबाट २ हजार ८ सय ६३ जनामा संक्रमण पुष्टी भएको हो ।

त्यस्तै सोही अबधिमा संक्रमण भएका १ हजार ६ सय ३० जना कोरोना मुक्त भएका छन् । अहिले देशभर सक्रिय संक्रमितको सङ्ख्या २१ हजार १ सय ३९ रहेको छ । पछिल्लो २४ घण्टामा संक्रमण भएका ६ जनाको मृत्यु भएको छ ।

हालसम्म संक्रमण भएका ११ हजार ५९ जनाको मृत्यु भएको छ । एक दिनमा १ लाख ५६ हजार १८ जनालाई कोरोना विरुद्धको खोप लगाइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार