२०८३ असार ११ गते बिहीवार | June 25, 2026

गृहपृष्ठ ३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ६ जनालाई जन्म कैद

३३ किलो सुन तस्करी प्रकरण : गोरेसहित ६ जनालाई जन्म कैद

काठमाडौं । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा संलग्न ६ जनालाई जन्म कैदको सजाय तोकिएको छ । मंगलबार जिल्ला अदालत मोरङले सुन तस्करी र सनम हत्या प्रकरणका मुख्य अभियुक्त गोरे भनिने चूडामणि उप्रेतीसहित ६ जनालाई जन्म कैद हुने फैसला सुनाएको हो । जिल्ला न्यायाधीश भरत लम्सालको एकल इजलासले ६ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

अदालतका श्रेस्तेदार टिकेन्द्र वीरजंग राणाका अनुसार जन्म कैदको सजाय तोकिनेमा गोरे, मोहन काफ्ले, टेकराज मल्ल, लाक्पा शेर्पा, नरेन्द्र कार्की र भोजराज भण्डारी छन् । यसैगरी राजन कुमारलाई तीन वर्ष र मदनप्रसाद घिमिरेलाई ६ महिना कैद सजाय तोकिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार