२०८३ वैशाख ३ गते बिहीवार | April 16, 2026

गृहपृष्ठ आज हुलाक दिवस ,प्रविधिकको जमानामा हुलाक सेवाको अस्तित्व संकटमा

आज हुलाक दिवस ,प्रविधिकको जमानामा हुलाक सेवाको अस्तित्व संकटमा

आज हुलाक दिवस ,प्रविधिकको जमानामा हुलाक सेवाको अस्तित्व संकटमा सूचना प्रविधिको विकाससँगै हुलाक सेवाको अस्तित्व पछिल्लो समय सङ्कटमा परेको छ ।

नेपालमा विसं १९३५ देखि सुरु भएको हुलाक सेवाले जनताको घरदैलोमा सेवा पु¥याउँदै आए पनि सूचना प्रविधिमा भएको विकास र ग्रामीण क्षेत्रमा इन्टरनेटको पहुँचका कारण हुलाकको अस्तित्व जोखिममा परेको हो । एक दशकअघिसम्म आम नागरिकको भरोसा बनेको हुलाक सेवा अहिले सरकारी पत्र र केही व्यक्तिगत काममा सीमित छ ।

हुलाकको प्रयोजन अहिले सरकारी कार्यालयको चिठीपत्र बोक्ने र पार्सलका केही सामग्री पुयाउने काममा मात्र साँघुरिएको छ । एक दशक अघिसम्म चिठीपत्रको चापका कारण काम गर्न भ्याइनभ्याइ हुने हुलाक अहिले सरकारी कार्यालय तथा संस्थाका पत्र र विदेशबाट आउने व्यक्तिगत सामानको काम गरेर आफ्नो अस्तित्व बचाइरहेको छ ।

सूचना प्रविधिले इन्टरनेटको विकास गरेपछि विश्वलाई नै एउटा गाउँमा परिणत गरिदिएको र यसले दूरसञ्चारमा समेत चुनौती थपिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार