२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ नेपालमा फेरि कोरोना संक्रमितका साथै मृत्युदर पनि बढ्यो

नेपालमा फेरि कोरोना संक्रमितका साथै मृत्युदर पनि बढ्यो

काठमाडौं । पछिल्लो २४ घण्टामा ७९२ जना कोरोना संक्रमित थपिएका छन् । देशभर गरिएको ७ हजार ६० पीसीआर र २ हजार ५५९ जनाको एन्टीजेन परीक्षणका क्रममा ७९२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो सँगै कुल संक्रमितको संख्या ८ लाख ३ हजार ५५२ पुगेको छ । कुल संक्रमितमध्ये १४ हजार ५५४ सक्रिय संक्रमित छन् । गत २४ घण्टामा ९१० जना संक्रमित निको भएका छन् । यो सँगै देशभर निको हुनेको संख्या ७ लाख ७७ हजार ७४१ पुगेको छ । उक्त अवधिमा १४ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार २५७ पुगेको छ । हाल १३ हजार ४५९ जना होम आइसोलेसन र १ हजार ९५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । त्यस्तै २३१ जना क्वारेन्टाइन, ३०६ जना आइसीयू र १०२ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार