२०८३ वैशाख २० गते आइतवार | May 03, 2026

गृहपृष्ठ भैरहवामा जगदगुरुको चौथो पिठ

भैरहवामा जगदगुरुको चौथो पिठ

कमल रायमाझी,भैरहवा, २५ असोज । रुपन्देहीको भैरहवामा नेपालका प्रथम जगदगुरु बालसन्त मोहनशरण देवाचार्य महाराजश्रीको चौथो पीठ स्थापना हुने भएको छ । भैरहवाको ओमसतिया गाउँपालिका वार्ड नम्बर ४ हाल दुर्गा मन्दिर रहेको  ठुलो बालापुरमा जगतपुरुको पीठ स्थापना हुने भएको हो । पीठ स्थापना भएपछि नेपालका विभिन्न धार्मिक स्थलहरुको दर्शन गर्न आउने भारतिय भक्तजनहरुलाई समेत सहयोग पुग्ने स्थानियहरुले बताएका छन् । वैदिक सनातन धर्म रक्षाको निम्ति जगदगुरुको चाहाना अनुसार नेपालको चारकुना उत्तर, दक्षिण, पुर्व र पश्चिममा ४ पीठ स्थापना हुनेछन् । जस मध्य  पुर्वमा जगदगुरुको मुल गद्दी रहेको चताराधाम पीठ स्थापना भैसकेको छ । पश्चिममा महाकाली शारदा पीठ भाक्केनी धाम, उत्तरमा मुक्तिक्षेत्र शालाग्राम शर्बेश्वर पीठ पुरा हुने अवस्थामा रहेका छन् ।

दक्षिणमा भैरहवाको ओमसतियामा चौथो पिठ स्थापना हुने जगदगुरुको सचिवालयले जनाएको छ । यि पीठहरुको माध्यमबाट सनातन धर्मको रक्षाका लागि विभिन्न अभियान सञ्चालन हुने छन् । नेपालमा पहिलो पटक भारतीय गुरुहरुको समेत सहभागितामा कुम्भ मेला  आयोजना गर्नु भएको जगदगुरुले भैरहवामा स्थापना गर्न लागेको पीठले पश्चिम नेपाल र लुम्बिनी प्रदेशलाई धार्मिकरुपमा स्वर्गतुल्य बनाउने स्थानिय समाजसेवी बिष्णु बहादुर रायमाझीले बताएका छन् । विलक्षण स्वभावका तपस्वी, यशस्वी जगदगुरुको भैरहवा स्थापना हुनलागेको पीठलाई स्थानिय रुपमा समेत सहयोग गरिने समावसेवी रायमाझीले जानकारी दिए ।

भैरहवा स्थापना हुने पीठको अभियान यहि माघ १ गते देखि शुरु हुने स्थानियहरुले जानकारी दिएका छन् । भैरहवा पीठ स्थापनाका लागि शुरुमा जगदगुरुको उपस्थितमा महायक्ष गरिने  स्थानिय लक्ष्मण पन्थीले बताए । उनले माघ देखि फागुन सम्म पीठ निर्माणका लागि विभिन्न धार्मिक कार्यहरु गरिने जानकारी दिए । फागुन पछि जगदगुरुको चाहाना र योजना पीठको नामाकरण र डिजाइन तयार गरिने पन्थीले बताए । सदचारी, सहिष्णु, उदार र परोपकारी भावनाका जगदगुरुको अभियानमा भैरहवावासीको समेत योगदान हुने भन्दै रुपन्देहीमा अहिले खुसीयाली छाएको छ । यसक्षेत्रले अभिभावक पाएको भन्दै छिटो जगदगुरुको पीठ स्थापना हुनुपर्ने चाहना यहाँका उद्योगी, व्यापारी, समाजसेवी, राजनीतिज्ञहरुको रहेको छ ।

धार्मिक खोज र अनुसन्धान बाट नेपाललाई धार्मिक रुपमा सम्पन्न गराउने अभियानका लाग्नु भएका जगदगुरुले नेपालमा बराहक्षेत्र भित्र पर्ने चतारधाममा प्राचीन हरिद्धार रहेको पुष्टी गर्नुका साथै पिण्डेश्वर कुम्भमेलाको सञ्चालन, देशका चार कुनामा जगदगुरु चार पीठ स्थापना अभियान र जगदगुरुकुलम सञ्चालन गरेको स्थानिय कल्पना रायमाझीले जानकारी दिइन । नेपाल आमाको अष्टधानुको ७५ फिट अग्लो मूर्ति निर्माण, मेची–महाकाली पैदल यात्रा र शंखमूलमा सबैभन्दा ठुलो शंख निर्माण जगदगुरुको अभियानमा भएका धार्मिक कार्यहरु हुन । यो अभियान अझ फराकिलो भएर अगाडी बढ्ने जगदगुरुको सचिवालयले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार