२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ डीएसपी कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड

डीएसपी कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड

भैरहवा,६ कार्तिक । ईलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी नायब उपरीक्षक (डीएसपी) मदन कुँवर असोज महिनामा रुपन्देही जिल्लाकै सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीले डीएसपी कुँवरसहित तीन जना प्रहरी इन्चार्जलाई ‘हाइ इन्टिग्रेटी इन्चार्ज अफ द मन्थ’ अवार्ड र अभिलेखमा जनिने गरि नगद पुरस्कार समेत प्रदान गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोजकुमार केसीले आज नगद पुरस्कारसहित सम्मान गरेका हुन् ।

पुरस्कार प्राप्त गर्ने अन्य प्रहरी अधिकारीमा सिमा प्रहरी चौकी कदमहवा रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक भविलाल डिसुवा मगर र नगर प्रहरी कार्यालय बुटवल, रुपन्देहीमा कार्यरत प्रहरी सहायक निरीक्षक बिमला बिक रहेका छन् ।

डीएसपी कुँवरसहित तीनै जनाले आफूलाई सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक एवम् प्रशंसनीय ढंगबाट सम्पादन गर्दै उनीहरुले फरार अपराधी पक्राउ, अवैध सामान बरामद, लागूऔषध नियन्त्रण, सवारी दुर्घटना न्यूनीकरण तथा प्रतिकार्यको निश्चित आधारमा उच्च इन्टेग्रिटी स्कोर प्राप्त गरेकाले उनीहरुलाई पुरस्कृत गरिएको एसपी केसीले जानकारी दिए ।

एसपी केसीका अनुसार प्रहरी कर्मचारीहरुको मनोवल उच्च बनाउने तथा सम्पादित कार्यको उचित मूल्याङकन गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जिल्लामा कार्यरत प्रहरीहरुमध्ये उत्कृष्ट कार्य गर्ने प्रहरीलाई हरेक महिना पुरस्कृत गर्दै आइरहेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार