२०८३ भदौ ३ गते बुधवार | August 19, 2026

गृहपृष्ठ पशुपति कलेजमा विद्यार्थीका लागि डिजीटल लिटरेसी तालिम

पशुपति कलेजमा विद्यार्थीका लागि डिजीटल लिटरेसी तालिम

तिलोत्तमा,७ कार्तिक । रुपन्देहीको कोटिहवा स्थित पशुपति कलेजमा विद्यार्थीका लागि डिजीटल लिटरेसी तालिम सुरु भएको छ  । आइतबार आयोजित कार्यक्रमा तालिमको उद्घाटन गरिएको हो। विद्यार्थीको क्षमता अभिवृद्धि गर्न संचालन गरिएको कार्यक्रम यहि कार्तिक ७ गते देखि १२ गते सम्म कलेजको कम्प्यूटर ल्यावमा संचालन गरिने छ।

बिबिएस र बि एड तर्फका विद्यार्थीलाइ लक्षित कार्यक्रममा २० जना सहभागी निवेदनका आधारमा छनोट गरिएको थियो । सहभागी विद्यार्थी , संचालक समिती, प्राध्यापक र कर्मचारीको उपस्थितीमा उद्घाटन कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि अतिथि संचालक समिति उपाध्यक्ष लिलावल्भ गैरे , विशिष्ट अतिथि निवर्तमान क्याम्पस प्रमुख जयलाल शर्मा वस्याल , क्याम्पस प्रमुख , कृष्ण प्रसाद शर्मा , शिक्षण अभ्यास विभागीय प्रमुख धनमाया शर्मा, प्रशिक्षक त्रय प्रकाश कोइराला , कृष्ण प्रसाद जैसी, केशव प्रसाद यादव , लगायत प्रध्यापकहरु , कर्मचारीहरु र सहभागी विद्यार्थी उपस्थिती रहेको थियो ।

प्रमुख अतिथि टि वि रानाले कम्प्युटरमा विन्डोज डिस्प्ले गरि उद्घाटन गरिएको कार्यक्रममा प्रशिक्षक प्रकाश कोइरालाले स्वागत तथा कार्यक्रम माथि प्रकाश पार्नु भएको थियो । प्राध्यापक संघ एकाइ समिती पूर्व सभापती जित बहादुर रास्कोटीले सिकारु केन्द्रित तालिमले डिजीटल दुनियॉमा विद्यार्थीको ढोका खोल्ने बताउनुभयो ।

विशिष्ट अतिथि निवर्तमान क्याम्पस प्रमुख जयलाल शर्मा ले पहिले देखि नै शुरु गर्न खोजिएको तालिम शुरु हुदा खुशी लागेको र निरन्तर यस्तै विद्यार्थी लक्ष्यित कार्यक्रम संचालन गर्नु पर्ने र कलेजमा रहेको कम्प्यूटर ल्याबको सहि प्रयोग हुने बताउनुभयो । विशिष्ट अतिथि संचालक समिति उपाध्यक्ष लिलावल्भ गैरेले विद्यार्थीले तालिमको अधिकतम लाभ लिनु पर्ने र जागिरे र व्यवसायिक जिवनसंग सिकेको सीप उपयोगीसिद्द हुने बताउनु भयो । कार्यक्रमको प्रमुख अतिथि संचालक समिति अध्यक्ष टि वि रानाले क्षमता वृद्धि कार्यक्रम निरन्तर गर्न सहयोग गर्ने, डिजीटल संसारमा प्रवेश गर्न तालिम प्रभावकारी हुने बताउनुभयो ।

विश्व डिजीटलाइज्ड भइरहेको सन्दर्भमा कलेजका उत्पादन प्रतिष्पर्धी बजारमा अब्बल बनाउन गरिएको कार्यक्रमको मुक्त कण्ठले प्रशंसा गर्नुभयो । क्याम्पस प्रमुख कृष्ण प्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रममा उहॉले कलेज र विद्यार्थीको हित र क्षमता विकासका लागि क्रियाशील भइरहेको र छिट्टै बैंकिंग तालिम समेत आयोजना गरिने जानकारी दिनुभयो । उक्त तालिमको संयोजन र कार्यक्रमको संचालन प्राध्यापक नारायण ज्ञवालीले गर्नुभएको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार