गृहपृष्ठ विवाह लगत्तै नागरिकता दिनु पर्नेमा नेता कँडेलको जोड
विवाह लगत्तै नागरिकता दिनु पर्नेमा नेता कँडेलको जोड
रंजीत शर्मा ,नवलपरासी । पश्चिम नवलपरासीको सरावल गाउँपालिका वडा नम्बर ४ मा ललितपुर सामुदायिक स्वास्थ्य इकाईको एक कार्यक्रम बीच शिलान्यास गर्दै प्रमूख अतिथि प्रतिनिधिसभा सदस्य देवेन्द्र राज कँडेलले विवाह लगत्तै नागरिकता दिनु पर्नेमा जोड दिनुभएको छ । सरावल गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष छाेटेलाल यादवकाे अध्यक्षता तथा पुर्व गृहराज्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य देबेन्द्रराज कण्डेलकाे प्रमुख आतिथ्यता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीकाे विशिष्ट आतिथ्यतामा भएकाे सामुदायिक स्वास्थ्य इकाई शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उक्त कुरा बताउनुभएको छ ।
ललितपुर सामुदायिक स्वास्थ्य इकाई शिलान्यास कार्यक्रमलाई सम्बाेधन गर्दै पुर्व गृहराज्य मन्त्री एवं प्रतिनिधिसभा सदस्य कण्डेलले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि सामुदायिक स्वास्थ्य इकाईले थप टेवा पुर्याउने बताउनु भयाे। स्वास्थ्य मानव जिवनकाे सबैभन्दा ठुलाे धन भएको हुनाले याे स्वास्थ्य इकाईले स्थानीय जनतामा उपचारका लागि सहजता हुने बताउनुभयाे । त्यस्तै विदेशी नागरिकले नेपाली संग विवाह गरेको सात वर्ष पछि मात्र नागरिकता प्रावधान हटाउँदै विवाह लगत्तै नागरिकता दिनु पर्ने जोड समेत दिनु भएको थियो ।
नेता कंडेलले सम्बोधन गर्दै सामाजिक सेवा तथा विकास निर्माणका काममा एक अर्काकाे खुट्टा तान्ने प्रवृत्तिलाई त्यागी हातेमालो गर्दै विकास निर्माण कार्यमा एकबद्ध भई सबै अगाडि बढ्नुपर्छ भन्ने कुरामा जाेड दिनुभएको थियाे । दल र पार्टीमा लाग्दैमा अापसि बिवेद हुनै पर्छ भन्ने छैन सबै जनप्रतिनिधि र राजनीतिक दलकाे ब्यक्ति समाज विकासकाे लागि लाग्नुपर्ने बताउनुभयाे । नवलपरासीको महेशपुर देखि सुनवल सडकखण्ड ४ लेनकाे काम छिट्टै सुरु हुने बताउनुभयो । साथै महेशपुर भन्सार कार्यालय स्तरोन्नति गरी महेशपुर तथा भुतहा सडकखण्ड २ लेनकाे बाटो निर्माणका लागि पहल गरिरहेकाे बताउँदै समग्र नवलपरासीको विकासका लागि अाफु लागिपरेको कुरामा जोड दिनुुभएकाे थियाे ।
त्यस्तै सरावल गाउँपालिका अध्यक्ष चाैधरीले आम नागरिकको स्वास्थमा सहज पहुँच पुर्याउनका लागि ललितपुर सामुदायिक स्वास्थ्य इकाई स्थापनाकाे लागि शिलान्यास गरिएको बताउनु भयो । २० लाख रुपैयाँ लागतमा पालिकाकाे सहयोगमा स्वास्थ्य इकाई बन्ने अध्यक्ष चाैधरीले बताउदै जनताकाे हरेक समस्या समाधान गर्न अाफु लागि परेको बताउनुभयो । सरावल पालिकाले निशुल्क अाखाँ अप्रेसन ,निशुल्क रगत , क्रिया खर्च बापत ५ हजार , किसानलाई अनुदानमा कृषि सामाग्री सहयोग लगाएतकाे उदाहरणीय काम गरिरहेकाे बताउनुभयाे । समग्र सरावलका जनताकाे लागि सन्तुलित बिकास बाटाेघाटाे ,शिक्षा ,स्वास्थ्य ,कृषि ,पर्यटन , खेलकुद ,खानेपानी लगाएतकाे काम द्रुत गतिमा विकास भइरहेको कुरामा जाेड दिनुभएको थियाे । साथै सरावल गाउँपालिकाकाे विकासमा आफु लागि परेकाे बताउनुभयाे ।
कार्यक्रममा सरावल गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बुद्ध प्रकाश पाैडेल,नेपाली काङ्ग्रेस जिल्ला सहसचिव गजानन्द पटेल ,नेपाली काङ्ग्रेस सरावल गाउँपालिका सभापति बिनाेद कुमार पाण्डेय ,नेकपा सरावल सचिव राेहित गाैड लगाएतले स्वास्थ्य सेवासुविधा जनताकाे पहुँचमा पुर्याउने काम वास्तवमा महत्त्वपूर्ण तथा पुनित कार्य रहेको कुरामा जाेड दिइएको थियो । वडा नम्बर ४ वडा कार्यालय सचिव अशाेक कुमार पाण्डेयले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको कार्यक्रमको सन्चालन उमेश कुमार बि.क ले गर्नुभएको थियो ।





