२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ बुटवलमा बन्दको प्रभाव कायमै यस्तो छ ताजा स्थिति (फोटोफिचर)

बुटवलमा बन्दको प्रभाव कायमै यस्तो छ ताजा स्थिति (फोटोफिचर)

इज्जत कंडेल,बुटवल । पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरोधमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज कार्तिक ३० गते नेपाल बन्दको आह्वान गरेको हो ।

आज बिहानै देखि नै रुपन्देहीमा बन्दको प्रभाव देखिएको छ । पेट्रोलियम पदार्थ सहितका विभिन्न दैनिक उपभोग्य वस्तुहरूमा गरिएको मूल्यवृद्धि तत्काल खारेज गर्न सरकारलाई दबाब दिने भन्दै नेकपाले आज नेपाल बन्दको आह्वान गरेको हो ।

बुटवलमा मंगलबार बिहान सार्वजनिक सवारीहरू नचले पनि निजी सवारी साधनहरु भने सामान्य रुपमा गुडिरहेका छन् । बुटवलका हरेक मुख्य चोक चोकमा सुरक्षाकर्मीहरुको बाक्लो रुपमा उपस्थिति रहेको छ । दैनिक रुपमा अत्यन्त ब्यस्त देखिने काठमाडौँ र भैरहवातर्फ जाने बुटवलको मुख्य चोक राजमार्ग चौराहा सुनसान देखिएको छ ।

हेरौं तस्बिरहरु :

तस्बिर सुमन ढकाल

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार