२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ दाङमा बन्दकर्ताद्वारा रचनात्मक काम गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

दाङमा बन्दकर्ताद्वारा रचनात्मक काम गरि पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध

दाङ,३०कार्तिक। नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाले रचनात्मक काम गर्दै पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोध गरेका छन् । मंगलबार गरेको नेपाल बन्दको क्रममा दाङमा भने यस्तो अलि फरक किसिमको दृष्य देखिएको छ ।

सडकका देखिएका बन्दकर्ता सडक सरसफाईसंगै ट्राफिक चिन्हहरुको व्यवस्थापन गर्न तर्फ लागेका छन् । बन्दकर्ताहरुले आफैँ कुचो समाएर सडक सफा गर्नेदेखि जेब्रा क्रसिङ निर्माण र रङ रोगनसम्मको काम गरेका छन् । राजनीतिक कार्यकर्ताहरु अराजक मात्रै हुन्छन् भन्ने सोचलाई आम सर्बसाधरणमा कम गराउन र समाजमा रचनाताम्क काम गरेर पनि विरोध जनाउन सकिन्छ भन्ने कुरा यो दृश्यबाट देख्न सकिन्छ ।

बन्दको समयमा यस्तो गरेमा नियमित अवस्थाको भन्दा राम्रो हुने र सडक खाली भएको बेला गरिएको पेन्टसमेत दीर्घकालिन हुने विश्वास उनिहरुले लिएका छन् । लामो समयदेखि जेब्राक्रसिंगहरु मेटिदै गएको अवस्था हुँदासमेत त्यसमा सम्बन्धित निकायको ध्यान नभएको देखेर यसलाई नयाँ बनाइएको उनीहरुले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार