गृहपृष्ठ नाग देवतालाई देख्ने बितिकै दर्शन गर्दै ॐ लेखि पुरा पढेर सेयर गरौ!!
नाग देवतालाई देख्ने बितिकै दर्शन गर्दै ॐ लेखि पुरा पढेर सेयर गरौ!!
विश्वमा विभिन्न किसिमका सर्पहरु पाइन्छ । हामिलाई हाम्रो घर खेत परीपरी पाइने बिभिन्न सपहरु बारे मात्र थाँहा छ ।
यस्तै भारतमा पनि एक अनौठो दुई मुखे सर्प पाइन्छ । भारतको राजस्थानस्थित थार मरभुमीमा दुई मुखे सर्प धेरै नै पाइन्छ ।
यसरी गर्नुहोस् घरमा पुजा:
हिन्दू धर्ममा पूजापाठको महत्वपूर्ण स्थान रहने गरेको छ । अधिकाशं हिन्दुहरुको घरमा देवीदेवताको पुजाकालागी कोठा वा क्षेत्र छुट्याइएको हुन्छ ।
मान्यता अनुसार नियमित पुजापाठ गर्दा मनोकामना पुरा हुने र मनमा शान्ति मिल्ने गर्दछ । तर नियमित पूजापाठ गर्दा पनि मन अशान्त रहन्छ र उचित फल पाइरहनु भएको छैन भने पूजाको क्रममा केही गल्ती भएको हुन सक्ने धार्मीक मान्यता रहेको छ । त्यसैले पूजाका क्रममा केही सामान्य नियम पालनातर्फ ध्यान दिन शास्त्रले सुझाएको छ ।
१. घरको पुजाकोठा वा स्थान हमेशा ईशान कोण अर्थात उत्तर पूर्व दिशामा हुनु पर्दछ । यो दिशा भगवानको मन्दिरकालागी सबैभन्दा शुभ मानिन्छ । तर भुलवशं घरको पूजा स्थल पश्चिम वा दक्षिण पश्चिम दिशामा भए यसले लाभ नदिने धार्मीक मान्यता छ ।
२. घरमा पूजा गर्दा पूजाकर्ताले भगवान भएतर्फ ढाड फर्काएर बस्नु हुदैन । यसले नकारात्मक फल दिने धार्मीक मान्यता रहेको छ ।
३. कतिपय मानिसहरु भूईमा नै बसेर पूजा गर्दछन् । तर पूजा गर्दा आसनको प्रयोग गर्नु पर्दछ । मान्यता अनुसार बिना आसन पूजापाठ गरेमा दरिद्रता आउने गर्दछ । साथै आसन सफा हुनु पर्दछ । यदि आसन नभएमा कम्बलको प्रयोग गर्नु पर्दछ ।
४. यदि घरमा पूजाकोठा वा पुजा स्थान वा मन्दिर नभएमा पनि नियमित साँझ बिहान एउटा दियो बाल्नु राम्रो मानिन्छ ।
५. हिन्दु धर्ममा भगवान विष्णु, गणेश, शिव, सूर्य र दुर्गालाई पञ्चदेव भनिन्छ । तसर्थ नियमित पूजाका क्रममा यी पञ्चदेवको विशेष पूजा गर्नु पर्दछ । यसो गरेमा घरमा सुख समृद्धि प्राप्ति हुने धार्मीक मान्यता छ ।
भगवान शिवको पुजा भने यसरी गर्नुहोस् यि मन्त्र जप्नुहोस् पुग्छ सफलता:
हिन्दू धर्मावलम्बीहरु सोमबारको दिन विशेष रुपमा भगवान शिवको व्रत बस्ने र आफूले चाहेको वर माग्ने गर्छन। सोमबारको दिन भगवान शिवको पूजा आराधना गर्नाले मनाेकामना पूरा हुने धार्मिक विश्वास रहेको छ।
ज्योतिष शास्त्रमा उल्लेख भए अनुसार सोमबारको कारक ग्रह चन्द्र हो भने यसको स्वामी शिव हो। त्यसैले यस दिन चन्द्र र शिव जोडिएको उपस गर्नु उत्तम मानिन्छ। ज्योतिषशास्त्रमा उल्लेख भए अनुसार सोमबारको दिन गर्नुपर्ने कार्यहरु बारे यहाँ प्रस्तुत गरिएको छ ।
भगवान शिवको पूजा आरधना धेरै फलदायी हुने र यसको फलस्वरूप भगवान शिवले सम्पूर्ण भक्तजनको मनोअकंक्षा पुरा गरिदिने मान्यता रहेको छ। जुन व्यक्तको कुण्डलीमा ग्रहको दोष रहेको छ उसले जीवनका हरेक पाइलामा असफलता भोग्नु पर्ने हुन्छ।
यसको दोष निवारणका लागि सोमबारको दिन भगवान शिवको पूजा विधि सहित केही मन्त्र जप्नुपर्ने हुन्छ । जसबाट शिव छिटो प्रसन्न हुने धार्मिक विश्वास रहँदै आएको छ ।
मन्त्र :
ॐ नमः शिवाय , नमः शिवाय शुभं शुभं कुरू कुरू शिवाय नमः ॐ’, नमो नीलकण्ठाय, ॐ पार्वतीपतये नमः, ॐ पशुपतये नम:
पूजा विधि :
सोमबारको दिन विहान सबेरै उठेर पूर्ण शरीर नुहाएर घरमा सम्भव नभए नजिकको शिव मन्दिर गाई शिव, माता पार्वती र नन्दीलाई गंगाजल वा पवित्र जल अर्पित गर्नुहोस्। यस पश्चात शिवलिङ्गमा चन्दन, चामल, बेलपत्र र धतुरोको फूल चढाउनुहोस्। यस पछि पूजा सम्पन्न गर्नका लागि भगवान शिवलाई घिउ वा सक्खरको भोग लगाउनुहोस् र अन्तिममा धुप, दीप बालेर आरती गर्नुहोस्।





