गृहपृष्ठ मनकामना केबलकार २४ औं वर्षमा प्रवेश, डेढ कराेड भन्दा बढि यात्रुलाई सेवा
मनकामना केबलकार २४ औं वर्षमा प्रवेश, डेढ कराेड भन्दा बढि यात्रुलाई सेवा
गोरखा । मनकामना केबलकार २४ औं वर्षमा प्रवेश गरेको छ । आज मंसिर ८ गतेदेखि केबलकार सञ्चालनको २४ वर्ष पुगेको हो । २०५५ सालदेखि सञ्चालनमा आएको केबलकारले हालसम्म १ करोड ६० लाख यात्रुलाई सेवा दिइसकेको बताइएको छ ।
केबलकार सञ्चालनमा आएपछि गोरखाकाे मनकामना क्षेत्र र यस आसपासका क्षेत्र प्रमुख पर्यटकीय गन्तव्यका रुपमा अगाडी आएको कम्पनीले बताएको छ । यही अवसरमा कम्पनीले मनकामनामा यही वर्षको फागुनदेखि रिसोर्ट सञ्चालनमा ल्याउने भएको छ ।
केबलकारको टप स्टेशन नजिकै ९ रोपनी जग्गामा ४० कोठायुक्त रिसोर्ट सञ्चालनमा ल्याउने भएको हो ।
रिसोर्टमा रेष्टुरेन्टसँगै एक सय सिट क्षमताको कन्फरेन्स हल रहने छ । रिसोर्ट निर्माणमा कुल ३५ करोड १८ लाख लाग्ने अनुमान गरिएको छ ।





