२०८३ वैशाख ४ गते शुक्रवार | April 17, 2026

गृहपृष्ठ घुम्ती सेवामार्फत २६ पत्रकारलाई प्रेस पास

घुम्ती सेवामार्फत २६ पत्रकारलाई प्रेस पास

मुुगु, ११ मंसिर । कर्णालीमा सञ्चार घुम्ती सेवामार्फत्  २६ जना पत्रकारलाई प्रेस पास वितरण गरिएको छ । मुगुका २०, जाजरकोटका पाँच र जुम्लाका एक  पत्रकारलाई प्रेस पास वितरण गरिएको सूचना तथा प्रसारण विभागका अधिकृत केशव शर्माले जानकारी दिए ।

उनका अनुसार जिल्लामै अनलाइन पनि दर्ता भएका छन् ।

सूचना तथा प्रसारण विभागको आयोजना र नेपाल पत्रकार महासंघ मुगु शाखाको  सहकार्यमा तीन दिने घुम्ती शिविर सदरमुकाम गमगढी बजारमा सञ्चालन गरिएको थियो । दुर्गम जिल्लामा कार्यरत सञ्चारकर्मीको क्षमता अभिवृद्धि र लेखन वृद्धि समाचार सम्पादन संकलन अन्तर्वार्ता लगायत विभिन्न विषयमा प्रशिक्षण दिइएको प्रशिक्षक डा. विजय प्रसाद मिश्रले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार