गृहपृष्ठ रोट्रयाक क्लब अफ बुटवल चौतारीले गर्यो शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण कार्यक्रम
रोट्रयाक क्लब अफ बुटवल चौतारीले गर्यो शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण कार्यक्रम
इज्जत कंडेल,बुटवल। रोट्रयाक क्लब अफ बुटवल चौतारीले शैक्षिक सामाग्री तथा न्यानो कपडा वितरण कार्यक्रम सम्पन्न गरेको छ । अध्क्षय रो.सुबाष नेपालको अध्क्षयता तथा रुरुक्षेत्र गाउँपालिका वडा नं.५ का वडा अध्यक्ष हरि प्रसाद ज्ञवालीको प्रमुख आतिथ्यतामा रुरुक्षेत्र गाउँपालिकाको हरि स्मृति प्रा.वि.र पदमा प्रा.वि.मा अध्ययन गर्ने साना बालबालिकाहरुलाई शैक्षिक सामग्री र स्वेटर वितरण कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रमको अवसरमा वडा नं. ५ का अध्यक्षले क्लबका युवाहरुले आफ्नो पकेट खर्चको रकमबाट कटौती गरि पवित्र उद्देश्यका साथ उक्त क्षेत्रको विद्यालयलाई सामाग्री वितरणको लागि छनोट गरेकोमा धन्यवाद व्यक्त गर्नुभयो र आगामी दिनमा पनि यस्तै रचनात्मक कार्य गर्नका लागि शुभकामना पनि व्यक्त गर्नुभयो । कार्यक्रममा स्थानीय समाजसेवी विद्यालयका प्राचार्यहरु शिक्षक, शिक्षिकाहरु,विद्यार्थीहरु,क्लबका सस्थापक अध्यक्ष रो.लक्ष्मण श्रेष्ठ,तथा क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा रो.विदुर ज्ञवालीले स्वागत मन्तव्य राख्नुभएको थियो । त्यस्तै कार्यक्रम संयोजक रो.रोशन ज्ञवालीले कार्यक्रम बारे प्रकाश पार्नुभएको थियो । क्लबका सर्भिस डाइरेक्टर रो.सुमित पराजुलीले कार्यक्रम संचालन गर्नुभएको कार्यक्रमको समापन सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्दै क्लबका अध्क्षय रो.सुबाष नेपालले कार्यक्रमको समापन गर्नुभएको थियो ।







