२०८३ वैशाख ३१ गते बिहीवार | May 14, 2026

गृहपृष्ठ अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण

अपाङ्गता भएका व्यक्तिका कुरा उठान गर्न माग गर्दै पत्रकारलाई कलम वितरण

जुम्ला,१५ मंसिर। अपाङ्गता भएका व्यक्तिका सवाल उठान गर्न अनुरोध गर्दै पत्रकारलाई कलम वितरण गरेको छ । राष्ट्रिय अपाङ्ग महासंघ नेपालले डिसेम्बर ३ मा परेको ३०औं अन्तर्राष्ट्रिय अपाङ्गता  दिवस अवसरमा पत्रकारहरूलाई कलम वितरण गरिएको हो ।

‘हाम्रो प्राथमिकताको आधार अपाङ्गता भयका व्यक्तिको अधिकार’ भन्ने मूल नाराका साथ यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता  दिवस भव्यताका मनाइँदै छ । अपाङ्गता भएका व्यक्तिलाई कोरोनाले पारेको प्रभावका विषयमा कलम चलाउनु पर्ने राष्ट्रिय  अपाङ्ग महासंघ नेपाल कर्णाली प्रदेश अध्यक्ष विष्णुप्रसाद शर्माले बताए  ।

संघीयतापछि अपाङ्गता भएका व्यक्ति उपेक्षामा गरेको उनले बताए । अध्यक्ष शर्माले राजनीतिक पहुचको आधारमा  सपाङ्गता भएका व्यक्तिले समेत  अपाङ्गता भएका व्यक्तिको सेवा सुविधा लिने गरेको दुखेसो गरे ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपालले कर्णालीमा मात्रै कूल जनसंख्याको ४ प्रतिशत नागरिक अपाङ्गता  भएको जनाएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार