गृहपृष्ठ जीप दु’र्घ’टनामा परि मृ’त्यु भएका तीनै जनाको परिचय खुल्यो
जीप दु’र्घ’टनामा परि मृ’त्यु भएका तीनै जनाको परिचय खुल्यो
दाङ, २६ मंसिर । दाङको तुलसीपुरबाट सल्यानको कपुरकोट जाँदै गरेको जीप दु’र्घ’टनामा परेको छ । राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-कपुरकोड सडक खण्डको तुलसीपुर उप-महानगरपालिका-३ सिरखोलामा रा१ज ४३८ नम्बरको जीप दु’र्घ’टना भएको हो ।
दु’र्घ’टनामा परी दुई महिला र एक पुरुष गरी तीन जनाको मृ’त्यु भएको छ । मृ’त्यु हुनेमा कपुरकोट गाउँपालिका-३ का ४८ वर्षीय प्रेम प्रकाश शर्मा, २५ वर्षीया लालमती खडका र कपुरकोट गाउँपालिका-४ की साउनी घर्ती रहेका छन् ।
ट्राफिक प्र’ह’री कार्यालय तुलसीपुरका प्रमुख कृष्ण पुजाराका अनुसार १२ सिटको जीपमा १८ जना सवार रहेकामा १४ जना घा’इ’ते भएका छन् । घा’इ’ते मध्ये सात जनाको अवस्था गम्भीर रहेको प्र’ह’रीले जनाएको छ । उनीहरूलाई उपचारका लागि नेपालगन्ज रिफर गरिएको छ ।
गाडीको गेएर फसेर लोड लगाएर गेर फेर्न खोज्दा गाडी ब्याग भएर दु’र्घ’टना भएको पुजाराले जानकारी दिए । दु’र्घ’टनामा परी घा’इ’ते भएका सात जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । जीप सडकबाट करिब दुई सय मिटर तल खेतमा खसेको छ । न्युज कारखाना





