२०८३ वैशाख १९ गते शनिवार | May 02, 2026

गृहपृष्ठ साना साना योजनामा कमिसन खान्छन कर्मचारी : माधब नेपाल

साना साना योजनामा कमिसन खान्छन कर्मचारी : माधब नेपाल

सुनसरी, २८ मंसिर। नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले साना साना योजना निर्माण गर्दा कर्मचारीले कमिसन खाने गरेकाे आराेप लगाएका छन् । सुनसरी स्थित इटहरी-१७ मा आँखा अस्पतालको शिलान्यास गर्दै उनले १० लाखको निर्माणकाे काम  गर्दा कर्मचारीले चिया,नास्ता र कमिसनको नाममा दुई लाखसम्म खाने गरेकाे आरोप लगाएका हुन् ।

सबैलाई अलिअलि गरेर बाँड्नु भन्दा एकै ठाउँमा धेरै रकम लगानी गरेर छिटो काम सक्नु पर्नेमा नेता नेपालले जोड दिए । उनले कर्मचारीतन्त्र र उपभोक्तावादी भएकै कारण काम नगर्ने कमिसनको भरमा आफ्नो जिन्दगी चलाउने समेत आरोप समेत लगाए ।

उनले भने ‘एकै चोटी कनिका छरे जस्तो गरेर एउटा पनि काम हुँदैन । त्यही कनिका पनि कर्मचारीलाई दुई लाख दिएको हुन्छ । काम देखाउनु पर्‍याे भने पाँच ओटा इँटा देखाउने परम्परा छ ।’  न्युज कारखाना

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार