गृहपृष्ठ एसईई (SEE) खारेज गर्न निर्देशन !
एसईई (SEE) खारेज गर्न निर्देशन !
प्रतिनिधि सभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले एसईई नगर्नु भनेर सरकारलाई दिएको निर्देशन कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ। १२ कक्षासम्म विद्यालय तहको शिक्षा भएकाले एसईई खारेज गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई समितिले निर्देशन दिएको हो।
यस्तै, शिक्षा तथा स्वास्थ्य समितिले मेडिकल कलेजमा सरकारले तोकेभन्दा बढी शुल्क लिएको विषयमा सत्य तथ्य बुझेर समस्या समाधान गर्न र सरकारले शिक्षासम्बन्धी ल्याउने विधेयक तथा ऐन छिटो ल्याउन सरकारलाई निर्देशन दिएको छ।






