गृहपृष्ठ पुरुषोतम गैरेको “सबै बाट टाढा” बजारमा यस्तो बन्यो गीत(हेर्नुहोस् भिडियो)
पुरुषोतम गैरेको “सबै बाट टाढा” बजारमा यस्तो बन्यो गीत(हेर्नुहोस् भिडियो)
सुमन ढकाल,काठमाण्डौ । संगीत बजार यतिबेला संगितमय बन्दै गएको छ । सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने वालामा छन् ।
यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका छन् र कयौ माया पाएका छन् लोक तथा दोहोरी क्षेत्रमा पछिल्लो समय धेरै गीतहरु बजारमा आइनै रहेको पाइन्छ। माया, प्रेम, दुख वेदनाका गीत पनि बजारमा उकालो लागिरहेका छन् ।रमाईला, नचाउने किसीमका गीतहरुपनि बजारमा आईरहेका छन् तर बढिजसो मायाप्रेमका गीतहरु आउने गर्छन् कारण यस्ता गीतलाई दर्शक श्रोताले बढी रुचाउछन्।
यतिबेला,
पुरुषोतम गैरे र सुनिता बुढा क्षेत्रीको नयाँ गित “सवै वाट टाढा” बोलको गीत बजारमा आएको छ। गीतमा रमेश परियारको शब्द लय रहेको छ । गीतको शब्द चयनमा रस संगै लयमा माधुरियता गीतमा देखिएछ। गीतलाइ दर्शक श्रोताले मन पराउदै गएको आकलन गरिएको छ।
भिडियो तर्फ, रक क्षेत्री कामना न्यौपैनेको अभिनय रहेको छ। गायक सर्जक पुरुषोतम गैरेको भिडियो निर्देशन रहेको छ भने दिपक विष्टको सम्पादन/कलर रहेको छ।गीतको भिडियो पुरुषोतम गैरेको अफिसियल युटुव च्यानलबाट विश्वभर बाहिरिएको हो।
पुरा भिडियो हेर्नुहोस्:





