२०८३ वैशाख १८ गते शुक्रवार | May 01, 2026

गृहपृष्ठ क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै

क्यालिब्रेशन उडान गर्न एरो थाइको टोलीले निरीक्षण गर्दै

रुपन्देही। उनान्सय प्रतिशत काम सम्पन्न भइसकेको भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा क्यालिब्रेशन उडान गर्ने तयारीका लागि बुधवार एरो थाइको टोली पुग्दै छ । क्यालिब्रेशन उडानको मिति पटकपटक सारिँदै आएकोमा सोमवार एरो थाइका चार जनाको टोली आएसँगै अब क्यालिब्रेशन उडान हुने निश्चित देखिएको छ ।

थाइल्यान्डको एयरलाइन्स एरो थाइको चार जनाको टोली सोमवार नेपाल आइसकेको र बुधवार (आज) भैरहवास्थित विमानस्थलमा आइपुग्ने गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए ।

एरो थाइको टोलीले ग्राउन्ड बेस, धावनमार्ग, बिल्डिङ, इक्वीपमेन्ट, लाइटिङलगायत पक्षहरूको निरीक्षण गर्ने तयारी रहेको उनले जानकारी दिए । यससँगै उक्त टोलीले क्यालिब्रेशन उडानको मिति तय गरेर स्वदेश फर्किने कार्यक्रम रहेको दाहालले बताए । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार