२०८३ वैशाख १३ गते आइतवार | April 26, 2026

गृहपृष्ठ भ्रामक सूचना तथा आचारसंहिता विपरीतका सामाग्री सामाजिक संजालमा प्रकाशन गरे कडा कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

भ्रामक सूचना तथा आचारसंहिता विपरीतका सामाग्री सामाजिक संजालमा प्रकाशन गरे कडा कारबाही गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा सामाजिक सञ्जालमा मिथ्थ्या सूचना तथा आचारसंहिता विपरीतका सामाग्री प्रकाशन गरे कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।आइतबार पत्रकार सम्मेलन गर्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सामाजिक सञ्जालमा मिथ्या सामाग्री पोष्ट गरेमा कडा कारबाही गर्ने बताए ।

निर्वाचन आचारसंहिता विपरीतका सामाग्री सामाजिक सञ्जालमा पोष्ट गरेमा निर्वाचन आयोग ऐन २०७३ को दफा २३, निर्वाचन कसुर तथा सजाय ऐन २०७३ तथा प्रचलित कानुनअनुसार कारवाही गरिने प्रष्ट पारे । चुनावका बेला सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई निर्वाचन आयोग ऐन २०७३ को दफा १६ बमोजिम कारवाही गरिने उल्लेख गरे ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार