गृहपृष्ठ आज राति १२ बजेपछि मौन अवधि लागू हुँदै, मौन अवधिमा के गर्न हुन्छ के गर्न हुदैन ?
आज राति १२ बजेपछि मौन अवधि लागू हुँदै, मौन अवधिमा के गर्न हुन्छ के गर्न हुदैन ?
काठमाडौँ । स्थानीय तह निर्वाचनका लागि मंगलबार राति १२ बजेपछि मौन अवधि लागू हुँदै छ । मौन अवधिमा चुनावी प्रचार गर्न रोक लगाइएको छ। यही वैशाख ३० मा स्थानीय चुनाव हुँदैछ।
निर्वाचन ऐन अनुसार मतदान हुनु भन्दा ४८ घन्टा पहिले देखि मौन अवधि सुरू गरिन्छ। शुक्रबार बिहान ७ बजेदेखि अपरान्ह ५ बजेसम्म मतदानका लागि समय दिइएको छ।
आयोगले मौन अवधि पूर्ण रूपमा पालना गर्न राजनीतिक दल, उम्मेदवारलगायत सरोकारवाला सबैमा आग्रह गरेको छ।
मौन अवधिमा भोट माग्नेलगायत कार्य नगर्न पनि आयोगले आग्रह गरेको छ भने सामाजिक सञ्जालबाट पनि चुनावी प्रचारका सामग्री हटाउन निर्देशन दिएको छ।
मौन अवधिमा के गर्न पाइँदैन ?
-निर्वाचन प्रचारलगायत कुनै पनि छलफल, अन्तर्क्रिया, सभा, सम्मेलन, गोष्ठी गर्न
-मतदानस्थलको तीन सय मिटर वरिपरि राजनीतिक दल तथा उम्मेदवारका प्रचार सामग्री राख्न
-सामाजिक सञ्जाल, अनलाइन, छापा वा अरू कुनै पनि माध्यमबाट दल वा उम्मेदवारको पक्ष वा विपक्षमा सन्देश, सूचना वा प्रचारका सामग्री पोस्ट वा सेयर गर्न





