२०८३ असार २० गते शनिवार | July 04, 2026

गृहपृष्ठ बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

सुर्खेत । दैलेखमा बुधबार राति बस दुर्घटना हुँदा ४ जनाको ज्यान गएको छ । कालीकोटको जितेगडाबाट सुर्खेत आउँदै गरेको म १ ख ६६० नम्बरको बस दैलेखको आठबीस नगरपालिका २ सिस्नेमा दुर्घटना हुँदा ३ जनाको घटनास्थलमा र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइते भएका ९ जनाको दैलेखमा सामान्य उपचार भइरहेको र अन्य ३८ जनालाई थप उपचारका लागि सुर्खेत पठाइएको प्रहरीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले दिएको जानकारी अनुसार सुर्खेत पठाइएका पाँच जनाको अवस्था भने गम्भीर रहेको छ ।

बसमा कति सवार थिए भन्ने एकिन तथ्याङ्क छैन । यद्यपि बस दुर्घटनाको कारण खुलिसकेको छैन ।दुर्घटनामा घाइते भएकालाई नेपाल प्रहरी र शसस्त्र प्रहरीले उद्धारको कार्य भइरहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बस ५० मिटर तल खसेको हो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार