गृहपृष्ठ सैनामैनामा जारी डान्सिङ एण्ड मोडलिङ स्टार २०२२ अन्तर्गत डान्सिङ Prop Round सम्पन्न
सैनामैनामा जारी डान्सिङ एण्ड मोडलिङ स्टार २०२२ अन्तर्गत डान्सिङ Prop Round सम्पन्न
सैनामैना । रुपन्देहीको सैनामैनामा डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ संचालन भएको छ । सैनामैना नगरपालिका भित्रका सबै पर्यटकीय स्थलको प्रचार प्रसार र सुन्दर सैनामैना बनाउने उद्देश्यले आयोजना भएको यस कार्यक्रम सैनामैनाको मुर्गियामा अवस्थित ग्लोबल पार्टी प्यालेसमा संचालन भईरहेको छ।
सैनामैना डान्सिङ् एण्ड मोडलिङ् स्टार २०२२ काे पहिलो चरणको अडिसन यही जेठ ७ गते सैनामैना -२ मुर्गिया ग्लोबल पार्टी प्यालेसमा सम्पन्न भएको थियोे । मोडलिङ् तर्फ सहभागी १३ जना मध्य ११ जना र डान्सिङ् तर्फ सहभागी ४२ जना मध्य ३६ जना बाकी चरणका लागि छनौट हुन सफल भएका हुन् । कार्यक्रमकाे दोस्रो चरणको अडिसन जेठ १० गते मंगलबारका दिन सम्पन्न भएको छ। जेठ ११ गतेबाट निरन्तर मोडलिङ (सुन्दरता) प्रतियोगिताका लागि तालिम संचालन भइरहेको छ ।
यसै कार्यक्रम अन्तर्गतको डान्सिङ विधाको Prop round पनि सम्पन्न भएकाे छ । जस्मा १३/२० बर्ष सम्मका २१ जना डान्सर ५/१३ बर्ष सम्मका ११ जना डान्सर जसमा ठूलो उमेरका २१ डान्सरमा ११ जना छनोट भएका छन भने सानो उमेरमा ११ जनामा ८ जना छनोट भएका छन् । अब यहि जेठ २८ गते सेमीफाइनल रहेको छ भने प्रतियोगिताको फाइनल यहि आउदो असार ४ गते रुपन्देहीस्थित सैनामैनाको ग्लोबल पार्टी प्यालेसमा संचालन हुनेछ ।
उक्त कार्यक्रममा विजेताले रु.५१,१११/- , दोश्रो स्थान हासिल गर्नेले रु.३१,१११/-, त्यस्तै तृतीय स्थान हासिल गर्नेले रु.१६,१११/- प्राप्त गर्नेछन् । एस.के स्टाईल क्रियशनको आयोजनामा हुन गईरहेको उक्त कार्यक्रमको संयोजकत्व गोकुल न्यौपानेले गरेका छन्।






