२०८३ असोज १२ गते सोमवार | September 28, 2026

गृहपृष्ठ हराएका भनेर खाेजी भैरहेका सैनामैना बस्ने दीपक भन्ने कुलचन्द्र गौतम हत्या आराेपमा पक्राउ

हराएका भनेर खाेजी भैरहेका सैनामैना बस्ने दीपक भन्ने कुलचन्द्र गौतम हत्या आराेपमा पक्राउ

बुटवल । हराएका भनेर खाेजी भैरहेका सैनामैना–६ कलौनी बस्ने दीपक भन्ने ४३ वर्षका कुलचन्द्र गौतम हत्या आराेपमा पक्राउ परेका छन् । अर्घाखाँचीको मालारानी गाउँपालिका–२ घर भई बुटवल बेलबासमा बस्ने विष्णुबहादुर पाण्डेको हत्या आराेपमा उनी पक्राउ परेका हुन् ।

गाैतम अर्घाखाँची पाणिनी गाउँपालिका–२ घर भई रुपन्देहीको सैनामैना–६ कलौनी बस्दथे । पाण्डेसँग १६ लाखमा किनेको ट्रकको पैसा तिर्न नसकेपछि गौतमले कालिज मार्न जाने बहाना बनाएर जंगलमा लगी हत्या गरेको खुलेको रुपन्देही प्रहरीले बताएको छ ।

घर निर्माण र मोटरपार्टस पसल सञ्चालन गर्दाको ऋणका कारण ट्रक किनेको रकम तिर्न नसकेपछि हत्याको योजना बनाएको अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसीले बताए ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार