२०८३ असार १७ गते बुधवार | July 01, 2026

गृहपृष्ठ सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध

बुटवल । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्ड अवरुद्ध बनेको छ । पाल्पाको तिनाउ गाउँपालिका–५ हिउँदे खोलामा अविरल वर्षाले जमिन भासिएपछि सडक अवरुद्ध भएको हो ।

आज अपराह्न करिब ४ः३० बजेको समयमा सो ठाउँमा करिब ४० मिटर जमिनसहितको सडक भासिँदा पूर्णरूपमा अहिले सडक बन्द भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । सडक खुलाउन प्रहरीचौकी दोभानबाट प्रहरी टोली खटिएर सडक डिभिजन कार्यालय पाल्पासँग समन्वय गरी बाटो बनाउने पहल भइरहेको प्रहरीले बताएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार