गृहपृष्ठ रोटरी क्लब अफ बुटवल चौतारी, रोट्याक्ट क्लब अफ बुटवल चौतारी र भैरहवा चौतारीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
रोटरी क्लब अफ बुटवल चौतारी, रोट्याक्ट क्लब अफ बुटवल चौतारी र भैरहवा चौतारीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न
बुटवल । रोटरी क्लव अफ बुटवल चौतारी, रोट्याक्ट क्लव अफ बुटवल चौतारी र भैरहवा चौतारीको संयुक्त आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । बुटवलको आम्दा अस्पताल परिसरमा आयोजना गरिएको वृक्षारोपण कार्यक्रमको आम्दा अस्पतालका मेडिकल सुपरिटेण्डेन धुब्र श्रेष्ठले उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै उनले वातावरण संरक्षण र हरियाली प्रबद्र्धनका लागि रोटरी, रोट्याक्ट क्लवहरुले गरेको योगदानको प्रशंसा गरेका थिए ।

वृक्षारोपण कार्यक्रममा बोल्दै रोटरी क्लव अफ बुटवल चौतारीका अध्यक्ष सन्तोष केसीले वातावरणलाई स्वच्छ र हराबरा बनाउन वृक्षरोपण कार्यक्रम गरिएको बताए । उनले क्लवले वृक्षारोपण गर्ने मात्र नभई त्यसलाई हुर्काउने र हराबरा बनाउने दायित्व क्लबको रहेको भन्दै वृक्षरोपण स्थललाई निगरानी राखिने बताए । अस्पताल परिसरमा आंप, लिची, तेजपत्ता, निमका बिरुवाहरु वृक्षारोपण गरिएको छ । कार्यक्रममा क्लवका पुर्व अध्यक्ष तथा यश कार्यक्रम का संयोजक थानेश्वर पाण्डेको स्वागत, विदुर ज्ञवालीको धन्यवाद तथा सचिव सुदिप थापाको सञ्चालनमा सम्पन्न भएको थियो ।





