गृहपृष्ठ तीन दिनभित्र सडक-फुटपाथ खाली गर्न बुटवल उप-महानगरपालिकाको निर्देशन
तीन दिनभित्र सडक-फुटपाथ खाली गर्न बुटवल उप-महानगरपालिकाको निर्देशन
बुटवल । बुटवल उप-महानगपालिकाले सडक क्षेत्राधिकार भित्र सडक-फुटपाथ खाली गर्न आग्रह गरेको छ । सडकमा राखिएका निर्माण सामागी, पसल, ठेला, सवारी पार्की तथा वर्कशपहरु हटाउन तीन दिनको म्याद दिएको हाे । उपमहानगरका अधिकृत डाेलराज पाैडेलद्वारा हस्ताक्षरित सूचना जारी गर्दै ३ दिनका म्याद दिएर सडक तथा फुटपाथ खाली गर्न आग्रह गरेको छ ।
‘बुटवल उपमहानगरपालिकालाई सफा, सुन्दर र वस्नयोग्य बुटवल शहर बनाउनका लागि गोलपार्क देखि योगीकुटी, रामनगरदेखि तामनगरसम्म र भित्री सडकहरु समेतमा सडकको क्षेत्राधिकार, सडक पेटी चोक चौराहामा अव्यवस्थित रुपमा रहेका ठेला, टंकी, बजार, निर्माण सामाग्री, सवारीपार्किङ, वर्कसप लगायतका सामानहरु राखि अवरोध गर्ने गरेको देखिएकोले आजका मितिले ३ दिन भित्र खाली गरिदिन जारी सूचनामा उल्लेख गरिएको छ ।
बुटवल उप-महानगपालिकाद्वारा जारी सूचना हेर्नुहोस् :






