गृहपृष्ठ प्रेस चौतारी रुपन्देहीद्वारा वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
प्रेस चौतारी रुपन्देहीद्वारा वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न
बुटवल । प्रेस चौतारी नेपाल, रुपन्देहीले वडादशैं, तिहार, छठ पर्व तथा नेपाल सम्वतको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम गरेको छ । चौतारीले बुधबार बुटवलमा उक्त कार्यक्रम गरेको हो ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा (एमाले) का पोलिटव्यूरो सदस्य तथा लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्री लिला गिरीले भने, ‘लामो आन्दोलनपछि हामी सबै नेपाली जनताको साथमा रहेर राजनीतिक पार्टी र यो समाजमा रहेका सबै प्रभुत्व वर्गहरुको एकआपसको एकताले हामीले मुलुकमा वर्तमान राजनीतिक परिपाटीलाई स्थापना गरेका छौं ।
उनले संविधान बनाएर यहाँसम्म आइपुगेको बताए । पूर्वमन्त्री गिरीले भने, ‘विगतमा हामीले आन्दोलन गर्दा यो परिवर्तनका लागि सम्पूर्ण जनतालाई आह्वान गर्दा, सम्पूर्ण राजनीतिक पार्टीहरु एकठाउँमा उभिदा हामीले विभिन्न हिसाबले धेरै सपना पनि बाड्यौं ।’ प्रेस चौतारी नेपाल रुपन्देहीका अध्यक्ष लक्ष्मण पौडेलको अध्यक्षता, उपाध्यक्ष भगवती पाण्डेको स्वागत तथा सचिव केशव भण्डारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।









