गृहपृष्ठ बालमैत्री नगर तिलोत्तमा नगरपालिकाका बालबालिकाहरुको लागि ३ दिने आत्मरक्षा तालिम सम्पन्न
बालमैत्री नगर तिलोत्तमा नगरपालिकाका बालबालिकाहरुको लागि ३ दिने आत्मरक्षा तालिम सम्पन्न
इज्जत कंडेल, तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा नगरपालिकाको राममणि बहुमुखी क्याम्पसमा बालमैत्री नगर तिलोत्तमा नगरपालिकाका बालबालिकाहरुको लागि ३ दिने आत्मरक्षा तालिम सम्पन्न भएको छ । कार्यक्रममा नगर बाल संजाल, वार्ड बाल क्लब सन्जाल र अन्य बालबालिकाहरुको सहभागिता रहेको थियो । कार्यक्रममा दिपक शर्माले विभिन्न शेसनका कक्षा लिनुभएको थियो भने तिलोत्तमा नगरपालिका कार्यपालिका सदस्य रवि सेन्चुरीले नगरपालिकाको उत्तरदायी गराउनका लागि नगरपालिकामा बालबालिकाको भूमिकाबारे बिशेष जानकारी दिनुभएको थियो संगै बालबालिकाको हरेक तबरबाट सक्षम् बनाउन नगरपालिकामा आफुले खेल्नुपर्ने भूमिका आफुले खेल्ने कुरा पनि उहाँले जनाउनुभयो ।
कार्यक्रममा बाल तथा किशोरकिशोरीका अधिकार र इतिहास, नेपालले गरेका प्रतिबद्धता र जारी गरेका नीति, नियम, कानुन र संविधानमा भयका ब्यबस्थाहरुहरु तिलोत्तमा भित्रका बालबालिका सवाल्हरु बालबालिकालाई सहयोग गर्ने निकायहरु बालबालिकाको सहभागिताका क्षेत्रहरुका बारेमा जानकारी दिईएको थियो । आत्म रक्षाको आधारभुत सिपको बारेमा सहजीकरण गरिएको छ । साथै बिभिन्न खेलहरु र अन्य विधिहरुबाट सेसनलाई अन्तक्रीयात्मक र छलफल विधिबाट सिकाइएको थियो । तिलोत्तमा नगरपालिकाका शिक्षा साखा प्रमुख गंगाराम आचार्यले आगामी दिनहरुमा फेरी यस्तै किसिमका कार्यक्रमहरु ल्याएर अझ धेरै बालबालिकाहरुलाई आफुप्रति उत्तरदायी गराउन नगरपालिकाले कुनै कसर नराख्ने कुरा बताउनुभयो । सम्पन्न उक्त कार्यक्रममा रेजिना घर्ति मगरले सहजीकरणको भूमिका खेल्नुभएको थियो ।
फोटो फिचर :








