२०८३ जेठ १७ गते आइतवार | May 31, 2026

गृहपृष्ठ आफ्नो स्कुलमा नगरपालिकाको प्रशासकीय प्रमुखसँग छलफल गर्न पाउँदा विधार्थी हर्षित

आफ्नो स्कुलमा नगरपालिकाको प्रशासकीय प्रमुखसँग छलफल गर्न पाउँदा विधार्थी हर्षित

तिलोत्तमा । तिलोत्तमा नगरपालिका प्रशासकीय प्रमुख नारायण अर्यालले रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं. १४ मा अवस्थित दुर्गा माध्यमिक विद्यालयमा बालबालिका विद्यार्थीसँग छलफल एवम् उनिहरुसँग प्रश्न उत्तर कार्यक्रमसँगै विधार्थी एवम् शिक्षासँग केन्द्रित कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रमलाई नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले आयोजना गर्नुभएको उक्त ‘विद्यार्थीसंग प्रमुख प्रशासकीय अधिकृत’ कार्यक्रममा सहभागी विद्यार्थीहरुले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई स्कुले जीवन, संघर्षका कथा, मेहनतका फल, इमान्दारिता र विद्यार्थी अनुसासनका बारेमा प्रश्नोत्तर गरेका थिए भने प्रशासकीय प्रमुखले विधार्थी र सहजकर्ताले सोधेका प्रश्नमा आफ्नो अनुभव जोड्दै विधार्थिहरुलाई अनुशासन, मेहेनत गर्दै शिक्षामा केन्द्रित हुनुपर्ने कुरामा जोड दिएका थिए ।

उक्त कार्यक्रममा प्रतिनिधिमुलक रुपमा ५ जना विद्यार्थीले प्रश्न सोधेका थिए भने प्रश्नको सहजीकरण तथा पुन: प्रश्न नगरपालिकाका कार्यपालिका सदस्य समेत रहेका सामाजिक विकास समितिका संयोजक रवि सेन्चुरीले गर्नुभएको थियो । कक्षा ८,९ र १० का विधार्थी सहभागी भएको कार्यक्रममा विद्यार्थीले आफ्नो मनमा लागेको कुरा निर्धक्क राखेका थिए। प्रश्न सोध्न नभ्याएका विद्यार्थीले भने आफ्नो प्रश्न कागजमा लेखेर दिएका थिए। यस्ता कार्यक्रमले विद्यार्थीलाई अध्ययन गर्न, आत्मविश्वास बढाउन र आफ्नो लक्ष्य निधारण गर्न मद्दत पुने भएकाले यस्ता कार्यक्रमहरु अन्य विधालयमा पनि संचालक गर्ने कार्यपालिका सदस्य रवि सेन्चुरीले बताए ।

फोटो फिचर :

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार