गृहपृष्ठ आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै
आज दिउँसो १ बजे राष्ट्रिय सभाको बैठक बस्दै
वैशाख ४, २०८० |
उदयमान मिडिया |
काठमाडौं |
काठमाडौं । राष्ट्रिय सभाको बैठक बस्दै छ । नयाँबानेश्वरस्थित संघीय संसद भवनमा सोमबार दिउँसो १ बजेर १ मिनेटमा राष्ट्रिय सभाको बैठक बस्न लागेको संसद सचिवालयले जनाएको छ।
यसअघि गत बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभाको बैठक विशेष कारण देखाएर स्थगित गरिएको थियो । उक्त स्थगित बैठक सोमबार बस्न लागेको हो ।