२०८१ चैत १० गते सोमवार | March 24, 2025

गृहपृष्ठ लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित

लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित

बुटवल । लियो क्लब अफ बुटवल मेट्रोसीटिको अध्यक्षमा सन्जीव सुनार निर्वाचित भएका छन। बर्ष २०२३ –२४ का लागि सुनार सर्बसम्मत निर्वाचित भएका हुन । नवनिर्वाचित अध्यक्ष सुनार रुरु २ ग्वादीका युवा ब्यवसायी तथा समाजसेवी हुन।

गुल्मेली ज्येलर्स बुटवल बुद्धनगरका सन्चालक समेत रहेका सुनार विभिन्न सामाजिक सस्थामा प्रतिनिधि तथा सामाजिक अभियन्ता समेत हुन। रोटरी क्लब आफ बुटवल डाउनटाउन र र तिलोत्तमानगर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका सचिव समेत रहेका अध्यक्ष सुनारले आफ्नो कार्यकाललाई उत्कृष्ट बनाउने योजना अघि सारेका छन ।

सामाजिक कामलाइ अगाडी बढाउने तथा समाजमा रहेका आफुभन्दा फरक क्षमता भएका मानिसहरुको शिक्षा तथा स्वास्थ्यमा जोड दिएका छन । लियो मित्रजन भण्डारीबाट पदभार ग्रहण गरेका अध्यक्ष सुनारको टिममा सागर आचर्य प्रथम उपाध्यक्ष, दिवस खनाल र पुनम कुवर उपाध्यक्ष, जिडि सिखर सचिव र अफरोज अलि खान कोषाध्यक्ष रहेका छन।

लियो जिल्ला परिषध ३२५ पिका अध्यक्ष सरोज महतोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष लायन मनोज गौतम, लायन बिनोद सुबेदी, उमानाथ अधिकारी एमजिएफ लायन राम बेल्बासे, एमजिएफ लायन गोबिन्द लामिछानेले अध्यक्ष सुनारलाई सफल कार्यकालको शुभकामना दिएका थिए ।

http://www.everest.edu.np/

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार