२०८१ असार १ गते शुक्रवार | June 14, 2024

गृहपृष्ठ रुपन्देहीको तिलोत्तमामा दुई समुह बिच झडप हुदा एक जनाको ज्यान गयो ३ जना घाइते, १३ जना प्रक्राउ

रुपन्देहीको तिलोत्तमामा दुई समुह बिच झडप हुदा एक जनाको ज्यान गयो ३ जना घाइते, १३ जना प्रक्राउ

तिलोत्तमा । गएराती रुपन्देहीको तिलोत्तमामा दुई समुहबीच भएको झडपमा एकजनाको मृत्यु भएको छ, सोहि झडपमा परि तिनजना घाईते भएका छन्। घाईतेमध्ये दुईजनाको अवस्था गम्भिर रहेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका अनुसार विभिन्न जिल्लाबाट रुपन्देहीमा आएर मजदुरी गर्दै आएका समूहबीच झडप भएको हो।

ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरिक्षक दानबहादुर थापाका अनुसार तिलोत्तमा नगरपालिका वडा नम्बर ९ केउलानीमा दुई समूहबीच सोमबार राती झडप भएको थियो। केउलानीमा एक होटलमा बसी मदिरा सेवन गरिरहेका उनिहरुका बीचमा सामान्य विवाद बढ्दै गई झडप भएको थियो। प्रहरी नायब उपरीक्षक थापाले झडपमा परि हेटौडा घर भई रुपन्देहीको मंगलापुरमा बस्दै आएका सुरेश साङताङको मृत्यु भएको जानकारी दिए।

अर्को समूहको चक्कु प्रहारबाट गम्भिर घाईते भएका साङताङको अस्पताल लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। झडपका क्रममा काठमाडौं महानगरपालिका १ बस्ने बिकास वाइवा, मकवानपुरका राजु तामाङ र मकवानपुरकै हस्तसिंह तामाङ घाईते छन्। उनिहरुको भैरहवा मेडिकल कलेजमा उपचार भईरहेको र दुईजनाको अवस्था गम्भिर रहेको प्रहरी नायब उपरिक्षक थापाले जानकारी दिए। घटना लगत्तै घटनास्थल पुगेको प्रहरीले घटनामा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिएको जनाएको छ। प्रहरी नायब उपरिक्षक थापाले झडपमा संलग्न रहेको आशंकामा १३ जनालाई नियन्त्रणमा लिई अनुसन्धान भईरहेको जानकारी दिए।

प्रतिकृया दिनुहोस्

सम्बन्धित शीर्षकहरु

ताजा समाचार